साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चिन्ता !

Nepal Telecom ad

बढ्दो चाप अझै अझै सहरको देखी निराशा किन ?
झन् झन् व्यस्त समाज अड्छ कसरी भन्दै निराशा किन ?
हुन्छन् जे जति ठान कर्म जगमा सारा कुराको फल
बन्ने छैन कदापि शून्य दुनियाँ मान्छेबिना केवल ।।

होलान् व्यस्त जतासुकै सहरका आवास वा मार्गमा
बढ्ला भव्य विकास विश्वभरि नै उद्योग व्यापारमा
मान्छे नै थिचिएर आपस कतै मर्लान् भने तापनि
त्यस्तो हुन्न उचाइ चुम्छ दुनियाँ आकाश आफ्नै छ नि ।।

के खालान् यिनले कहाँ छ हरियो बाली र खाने कुरा
मान्छेको भिड नै बढेर जगमा बन्नेछ है टाकुरा
यस्तो सोच बिलाउनेछ जब ती छाना सबै सुन्दर
बन्नेछन् हरिया र अन्न धनले ऐश्वर्यशाली नर ।।

भन्लान् यी कति व्यस्त मानवहरू घच्चाघमासान यो
बस्ने स्थान कतै रहन्न सजिलै होला यहाँ के कसो !
त्यस्तो हुन्न भविष्य सुन्दर यहाँ बन्नेछ बन्नेछ नै
मेट्रो ट्रेन दगुर्छ निश्चय यहाँ शङ्का कुनै छैन नै ।।

आआफ्ना छतमा उडेर सजिलै पुग्ने निजी साधन
होलान् उड्न र गुड्न झन् रहरिला यात्रा सुखैका दिन
बन्ला क्वाप्प बिहान साँझ जहिलै खाने कुनै औषधी
के खाना किन खेत रोप्छ दुनियाँ चाहिन्न त्यो पद्धति ।।

पर्ने छैन कतै मुहार पसिना झार्दै र थाक्दै पनि
केही काम गरेर मात्र जनको होला भनी जीवनी
सारा रोबटले गरेर घरका धन्दा चुला साधना
मान्छे आखिर बाँच्छ हर्षसितले गर्दै नयाँ कामना ।।

चिन्ता हुन्न बसेर व्यस्त रहँदा उद्योगको देशमा
हावा इन्धन सूर्य ताप जनका बन्छन् खुसी शेषमा
उड्थे हंस विमान स्वर्गपुर झैँ उल्लास चारैतिर
त्यस्तै नै पनि हुन्छ यो दिनदिनै उपत्यका आखिर ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x