साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस

Nepal Telecom ad

१.
जो आए पनि खान हुन्छ सजिलै मीठो छ यो भोजन
यो खाएपछि मात्र बन्छ सहजै मान्छे यहाँ सज्जन !
यो पाएन भने बनिन्न कहिल्यै सौभाग्यशाली जन
यो खाएन भने सदैव उसको रित्तो भयो जीवन !

२.
जो खान्छन् यसको गुदी रसभरीजस्तै हुने स्वादिलो
बोक्रै हुन्छ मिठासपूर्ण गतिलो छोक्रै पनि स्वादिलो
छालीझैँ बहुमूल्य पोषक हुने, रुच्ने र पच्ने सदा
हट्ने दुर्दमनीय दैन्य सजिलै खाए सदासर्वदा ।

३.
यो हो सभ्य समाजको सरसिलो साझा मिठो व्यञ्जन
साँच्चै सङ्गतमा परेपछि हुने राम्रो मनोरञ्जन
हुन्छन् सङ्गत राजसी तरहका चौपट्ट चर्चा हुने
यो भाग्योदय चीज हो समयको सौभाग्य वर्षा हुने ।

४.
भन्नोस् बन्नु छ सभ्य या सहरिया या मात्र एक्लो जन
छोडी सभ्य समाजको चरिफुरी भोगेर रित्तोपन
भोग्नेग हो पुरुषार्थपूर्ण रसिलो सौभाग्यको जीवन ?
या रित्तोपन दीनहीन सरिको निर्धो छुसी जीवन ?

५.
बन्ने वीर विशिष्ट मानिस भए खानोस् डकार्नोस् सधैँ
पूजा तस्करको गरेर निमुखालाई हकार्नोस् सधैँ
सद्दे मानिस देखियो कि उसको टुप्पी बटार्नोस् सधैँ
यस्तै कर्म गरी गरी मनपरी चोला सपार्नोस् सधैँ ।

 

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x