साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा, जाँतो र मेरो जिन्दगी

Nepal Telecom ad

(नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७२ मा द्वितीय स्थान प्राप्त)

मेरो भाग्यमा केके छ
भन्न सक्दिनँ
तर, मेरो कर्मको जाँतोमा
जिन्दगी पिसिरहेकी छु
च्याँख्ला, पिठो र मल्खुहरूमा
जिन्दगीलाई टुक्राटुक्रा पारिरहेकी
छु ।

पिसिनुअघि झरीमा भिजेँ
बिस्कुनमा सुकेँ
भुइँमा छरिएँ
जति रहेँ, आफ्नै जिन्दगी सम्झिएँ
आमा पनि
जिन्दगीलाई घान हालेर
पिसिरहनुहुन्थ्यो
दाउरा–घाँस गरेर फर्किएकी
आमालाई देखेर भन्थेँ–

‘भोक लाग्यो
आमा’
आमाको ममता बोल्थ्यो–
भर्खर पिस्दै छु जिन्दगीलाई
जाँतोमा
पर्ख छोरी, रोटी खालिस् !

वर्तमान म स्वयम् आमा
स्कुलबाट घर फर्किएका छोराछोरी
सिकुवामा थचक्क बसेर भन्छन्–
‘आमा ! भोक लाग्यो !’
म भन्छु– ‘पर्ख नानी हो
जिन्दगी पिस्दै छु जाँतोमा
रोटी खालाऊ’
छोराछोरी भन्छन्–
‘नाइँ आमा चाउचाउ खान्छु !’

घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु–
भोलि केमा पिस्छन् होला
छोराछोरीहरूले
चाउचाउ खाने आफ्नो जिन्दगी ?

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x