साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दान

Nepal Telecom ad

ईश्वर पुण्य कमाउने अभिप्रायले गरिब धनबहादुरको झुपडीमा पुगे ! अहोरात्र ईमानदारीपूर्बक काम गर्दा पनि परिवारजनको पेट पाल्न नसकेको धनबहादुर आँगनमा बसेर गिटी कुटिरहेको थियो !
“तिम्रो कामप्रतिको समर्पणबाट म प्रसन्न भएँ, के बर माग्छौ तिमी ?”

“के बर माग्नु नि ? बालबच्चाको मुखमा जाउलो नपरेको तीनदिन भईसक्यो ! मलाई बरसर होइन, सक्छौ भने खाने अन्न देऊ !“

ईश्वरसँग अन्न त थिएन ! त्यसपछि ईश्वर निराश हुँदै आफ्नो मन्दिरमा फर्किए ! अर्कोदिन ईश्वर आफूलाई चढाएका फलफूल, प्रसाद र चामल लिएर धनबहादुरको झुपडीमा गए !

“लौ, स्वादिष्ट फलफूल र चामल !” धनबहादुरले फेरि पनि ईश्वरतिर नहेरी जवाफ दियो– “एक छाक अन्न लिएर मैले के गर्ने ? अर्कोदिन त उही समस्या हो ! तिमीले ल्याएका मीठा खाध्यान्न खुवाएर मेरा जहान परिवारको जिब्रो बिगार्नु छैन मलाई ! सक्छौ भने म र मेरो परिवारलाई केही सीप देऊ ताकि जीवनभर काम गरेर खान पुगोस् !”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x