साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि अप्रिल फुल

Nepal Telecom ad

जियम भन्छन्
ग्यास आउँछ
तेल पनि पाउँछ टनका टन
कति चाहिन्छ बाबु फटाफट भन
उर्लियो मान्छेको हजारौँ हुल
आज पनि हिस्स बुढी खिस्स दाँत
थुक्क आइल निगम, फेरि अप्रिल फुल ?

मन्त्री भन्छन्
पेट्रोल पम्पमा छ टनाटन
अब सबलाई दिइन्छ दनादन्
होइकियो भटभटे खोज्दै तेल
आज पनि सरकारको उस्तै खेल
जता कुदे पनि सुख्खै छ मूल
थुक्क सरकार, फेरि अप्रिल फुल ?

यातायात भन्छ
तेलको भाउ घट्यो
अब गाडीको पनि भाडा घट्छ
तर बसमा चढन गयो
हिजोको भन्दा आज झन बढ्छ
एउटा छ कुरो अर्को छ रुल
थुक्क यातायात, फेरि अप्रिल फुल !

प्रजातम्त्र राम्रो हुन्छ भने भएन
लोकतन्त्र आए हुन्छ भने भएन
गणतन्त्र आए हुन्छ भन भएन
नयाँ संविधान आए हुन्छ भने भएन
खाली नेता बनेका छन हुलका हुल
थुक्क नेता, फेरि अप्रिल फुल !!

जो सरकारमा आए पनि
जनतालाई सधैं मुर्ख बनाई रहने
अप्रिल फुल आज भए पनि
सरकार सधैं अप्रिल फुल मनाइ रहने
संविधान संविधान भने
संविधान भनेको त देखाउने कुखरा फुल
तर यो त रहेछ कौवाको फुल
थुक्क संविधान, फेरि अप्रिल फुल !!

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x