साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको शुभकामना

Nepal Telecom ad

मान्छे बन्न सकून् सदैव विजयी दुर्धर्ष सङ्घर्षमा
होस् सङ्घर्ष तथापि जीवन पुगोस् चूडान्तमा हर्षमा
यात्री पुग्न सकून् सरासर हिँडी गन्तव्य उत्कर्षमा
हामी सिर्जनहीन बन्नु नपरोस् भावी नयाँ वर्षमा ।

त्यो भूकम्प थतर्किएर नपसोस् बस्ती, गृहस्थीतिर
दैत्याकार बनी कदापि नउठोस् आतङ्ककारी शिर
मान्छे मानव–कर्म निम्ति खटिऊन् टाढा लघारी पिर
मर्यादा नभुलेर मानिस पुगून् उद्देश्यमा आखिर ।

पारी चित्त धुजा धुजा अझ गरी अस्तित्वकै भक्षण
बाँच्ला खै जनजिन्दगी र कसरी होस् राष्ट्रको रक्षण !
नाका बन्द भएर लड्नु नपरोस् आफन्तघाती रण
आफ्नै भाइ कुटेर हर्षित हुने बानी छुटोस् तत्क्षण ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x