साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

Nepal Telecom ad

झरेर हिमगङ्गाले, मधेस भिज्नुपर्दछ ।
पुगी मधेस कर्णाली, अभाव मेट्नुपर्दछ ।
झुक्दैन शिर यो हाम्रो, चुलिन्छ हिमशैलझैँ
रोकिन्न पाइला हाम्रो, चालिन्छ अविराम नै ।

जाजरकोट पुगोस् थारु, जीवनजल खुवाउन
सिराहा सप्तरी ज्यापू, मैत्री भाव जगाउन ।
मधेसीले ठोकून् डम्फु, झिँझिया नाच्न बाहुन
लिपुलेक पुगोस् सिङ्गै देश नारा लगाउन ।

गाउँ भेटिन्न पाखामा, पालो कुर्दै विमानको
खोज्दै छ परदेशमा, गर्जो साँझ बिहानको ।
सुस्ता च्यापेर छातीमा, खारा रुँदै छ धर्धर
खुर्दलोटन हाँसेर, भन्छ देश कहाँ छ र ?

नयाँ दिन नयाँ साल, नयाँ होस् क्रान्तिचेतना
ब्युँझाई लोकको निद्रा, पर्दछ देश लम्किन ।
माटो हाँस्न सके मात्र मुटु हाँस्छ निरन्तर
पछौटे हैन चाहेको, देश होस् आत्मनिर्भर ।

साझा हो देश यो भन्ने, बनाओस् संविधानले
त्यागले देश बन्ने छ, बन्दैन अभिमानले ।
झुल्के घामसँगै जाग्छन्, मान्छेका कति चाहना
ओर्लिन्छ जून बेँसीमा, बाँडेर शुभकामना ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x