साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नव वर्ष/नव सिर्जना

Nepal Telecom ad

नयाँ पात पलाएछन् पालुवाका बोट
जस्तै नवयौवनाका मुस्काएका ओठ
हरियाली पछ्यौरीमा समयको रङ्ग
त्यही रङ्ग हेरी हेरी पर्छन् कोही दङ्ग ।

पधेँरीमा पानी भरिन् यौटी यौवनाले
पानी जस्तै सङ्लो मन उन्कै मुच्र्छन्नाले
गोठाल्नीका गला खुले सुरिलो छ स्वर
मञ्जरीकै छायामुनि लुक्यो दिल–चोर ।

वसन्तको गीत छोपी बैँस हाँसेकी छ
पल्लवमा कोइलीले प्रीत गाँसेकी छ
लेकतिर फुल्यो फेरि चाँप बसाएर
डाँडाडाँडै डाँफे नाच्यो प्वाँख खसाएर ।

नागबेली मेरा नदी, निलो–निलो दह
दह जस्तै बसेको छ मुटुभित्र वह
कौशीमाथि खस्नुपथ्र्यो आकाशको जून
कर्णाली नै अलिनो छ नपाएर नून ।

भूकम्पको थर्कोसँगै पराकम्प कैयौँ
छिमेकीकै दुर्नियति नाकाबन्दी सह्यौँ
दुष्ट कहर, कष्ट खेपी लोलाएछन् आँखा
सुसेलीमा गाऔँ अब निर्माणका भाका ।

विभिन्नता हैन अब एकताको बल
एकतामै गुञ्जिने छ कुलो कलकल
भनिरेछ बैशाख यो नव–तिर्सनाले
देश मेरो सिँगार्नु छ नव–सिर्जनाले ।

बैशाख २०७३, कलङ्की– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x