साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष आयो !

Nepal Telecom ad

उही घाम लाग्यो, उही जून लाग्यो !
उही चालले सूर्य उस्तै उदायो !!
सधै झैँ उही मार्गमा घुम्छ पृथ्वी ।
पुरानै धरामा नयाँ वर्ष आयो !!

न सेकेन्ड कैल्यै नयाँ आउँथ्यो त्यो !
मिनेटै नयाँ बन्न पाउन्नथ्यो त्यो !!
न घन्टा बन्यो आजसम्मन् नयाँ यो !
न हप्ता न मैन्हा ! नयाँ वर्ष आयो !!

पुरानै छ छाला, पुरानै छ चाला !
बलोस् दीप ताजा ! पुरानै छ पाला !!
नयाँ तेलले बत्ति कल्ले जलायो ?
उही चेतनामा नयाँ वर्ष आयो !!
उही तालमा थालमा भात उस्तै !
अवस्था उनै, बाध्यता, जात उस्तै !!
न ता काँचुली सर्पले फेर्न पायो !
लतारेर छाती नयाँ वर्ष आयो !!

पुरानै छ ढर्रा नयाँ भो दराज ?
चलेको छ उस्तै गरी कामकाज !!
न दौरा ठुलेले नयाँ फेर्न पायो !
बडो गर्व गर्दै नयाँ वर्ष आयो !!

डढेलो सबै जङ्गली क्षेत्रमा छ ।
निराशा अझै दीनका नेत्रमा छ !!
ठुले भोकले प्यासले छट्पटायो ।
धकेल्दै कठै ! यो नयाँ वर्ष आयो !!

उनै गीत सङ्गीत आलाप गर्दै,
उनै शब्द भण्डार उस्तै सुसेल्दै
उही मल्लकालीन डङ्का बजायो !
कसोरी भनौँ लौ नयाँ वर्ष आयो !!

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x