साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन

Nepal Telecom ad

“बाबु मलाई पनि एकपटक कुरा गराइदेऊन तिम्रो फोनाँ” –पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन् ।

बृद्धातिर फर्किएर हेरेँ, अनुरोध गर्ने बृद्धालाई मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संसारैले माया मारेर त्यागेजस्ती यी बुढिआमै कसलाई फोन गर्न चाहँदी हुन् भनेर आश्चर्य नलाग्ने कुरै थिएन । साथै मैला लुगा, जिङ्ग्रिङ्ग परेको कपाल, बृद्धावस्थालाले लग्लग् कामेर थिग्र्याउन मुस्किल परिरहेको शरीर र कारुणिक स्वरले भने मलाइ द्रबिभूत गरि छोड्यो ।

अनि मैले सकेसम्म नरम स्वर बनाएर उनले फोन गर्न चाहेको मानिसको जानकारी लिने उद्देश्यले सोधे– “कसलाई फोन गर्न खोज्नु भएको र ! आमा ?”
“मेरो छोरो दयानिधि शर्मालाई” –उनले खोजेको मानिसको नाम बताइन् ।
“तपाईंसँग फोननम्बर छ त आमा ?” –मलाई उनीसँग फोननम्बर भएकामा शंका लाग्यो ।
“लम्बर–सम्बर त छैन बा मसँग, अमेरीका गएदेखि नभेटेकै सात बर्ष भै सक्यो काँ’बाट दिनु लम्बर ?” –बुढीआमैले बाध्यता ओकलिन् उसै गरेर कामी रहेको स्वरमा मेरो शंका निवारण गरिदिँदै ।

“अनि फोननम्बर नै नभै त कहाँ फोन गर्नु र आमा ?” –मैले पनि आफ्नो बाध्यता बताएँ ।
“दयानिधि शर्मा भनेर फोनमा भन्दा हुँदैन र ! लम्बरै चाहियो बाबु ?” –बुड्यामैले अझै आशा छोडिनन् ।
“हुन्न आमा हुन्न” –मैले यथार्थ बताइ दिएँ । साथै बृद्धाश्रममा आफूलाई फ्याँकेर हिँड्ने छोरालाई किन फोन गर्न मन लागेको होला भन्ने उत्सुकता पनि मनमा रहिरहेकाले उत्सुकता मेटाउने धेयले प्रश्न पनि थपेँ– “फोन चैं किन गर्न खोज्नु भएको र ! आमा ?”
“आज आमाको मुख हेर्ने दिन भएर नि बाबु, आमाको मुख हेर्न नपाए नि बोलीसम्म सुन्न पाए त कस्तो हुन्थ्यो भन्ने भै’रा होला बिचारालाई” –बुढीआमैको कथन् थियो ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x