वासुदेव पाण्डेयस्यालले बाघछाला लगाए
मिलेमा सबैथोक माला लगाए
विपक्षी भए मात्र ताला लगाए
छुटाए सबै जेलका भ्रष्ट मान्छे
गरे मान सम्मान गाला लगाए
सबै योग्यता पुग्छ पार्टी मिलेमा
मिले ठाउँ साली कि साला लगाए
मुसाको सुरक्षार्थ मान्छेहरूले
नजानी कि जानी बिराला लगाए
कठै ! देशका निम्ति मर्नेहरू हो !
यहाँ स्यालले बाघछाला लगाए ।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest





































