सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म बेहोशी !!

Nepal Telecom ad

रोएर बस्ने मन भन्दा
धोएर बग्ने खोला सेती
ओठले ठिक्क पार्ने नाता भन्दा
कहिँ कोहि नभेटिएकै जाति
को छ र यहाँ कस्को किन भर पर्ने
सबैले आफ्नै डम्फु बजाएकै जाति ।

कुरामा त सबैले ठिक्क पार्छन्
खुट्टो तानेर जाऊ भन्छन् माथि
पैसो र नाम रैछ जगतमा
सबै कुरा छाडेर हिँड्छ साथी ।

खोज्छ एक्लै शिखरमा पुग्न
सामदाम दण्डभेद उज्याउँछ अरूमाथि
खै कसलाई दिऊँ दोष कुन्नि
आफ्नै कर्म छ सदा सदा दोषी !
यस्तो तर्क कुतर्क सोच्ने
म हुँ हर्दम बेहोशी !!

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही