साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्राटाक्री झटारो

Nepal Telecom ad

१ सभासदका दिन

दुईचार महिना
सभासद भएकोमा
रमाउनमा बित्यो
दुई-चार महिना
राम्रो मन्त्री पाउन
मालिकको पाउ
समाउनमा बित्यो
दुईचार महिना
एउटा घर बनाउनलाई
कमाउनलाई बित्यो
दुई-चार महिना
जानलागेको सभासद
थमाउनलाई बित्यो
बाँकी दिन
सरकार ढलेपछि
नयाँ सरकार फेरि
बनाउनमा बित्यो ।

२ घुसमन्त्र

सकेसम्म
हरियो नोटको पोको
नसके कालो बोको
त्यो पनि नसके
तरकारी एक डोको
नत्र भने हाकिम साहब हुनुहुन्न
भए पनि निदाउनु भाछ
खाली हातले उहाँलाई छुन्न ।

३ दान

मान्छेकै रगत चुसी
मान्छेलाई रक्तदान
बनी ब्यापारी दिएको
कस्तो यो माहादान ।

४ प्रतिपक्ष

देशको बिकास
असहमति
जनताको बिकास
नियापत्ती
गाउको बिकास
ठुलो आपत्ति
टोलको सुधार
हाम्रो आपत्ति
कमिसनमा खास
छ सहमति ।

५ सरकारी पद

कोही पाई बौलाउने
कोइ नपाई बौलाउने
झुसे झासे जो पनि
यो खाई मौलाउने ।

६ सरकारी ऋन

धनीले लिए सहयोग
गरीबले लिए ऋन
धनीले नतिर्दा आयोग
गरीबले नतिरे बन्धकी छिन् ।

७ गनतान्त्रिक गन

पहिले
मलाई फाल्न
तिमीले पटकायौ गन
अहिले
फालिएपछि
म पटकाउदैछु गन
तिमीले पटकाए पनि
मैले पटकाए पनि
आखिर तर्साउने हो जन
बुझोन न जनता पनि
कस्तो हुन्छ गणतान्त्रिक गन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x