साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असनको डबली

Nepal Telecom ad

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”
“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”
“हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।”
“जवाना भी यिनका जवानी भी यिनकी – बुझिनस्?”
“बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो …!”
“मलाई सब थाहा छ – उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।”
“सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए …!”
“… ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।”
“परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, – पहिला १ के एक लाख पच्चीस हजार।”
“जति कुरा गरे पनि युग हजार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ। पेन्सन खाने बेलामा कारिन्दाले मोहोर तानेजस्तो कारबार यो के व्यापार? मैले त हङ्कङ नै ताकें, चालीस-पचास हजार भनेको के हो र–?”
“दुइटा पैसा पनि हाम्रो निम्ति लाखजस्तै हो मालिक! भारी पनि त ठुलै छ नि: जो पायो उही भरिया लाउनु पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिकजस्ताको भारी बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बाह्र दामको गरिएको छैन।”
“इमानदारी र बुद्धूपनको सीमारेखा कहाँनेर पर्छ कुन्नि? २० वर्ष जागिर खाएँ बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुद्दू भन्छन्, तपाईं नै भन्नोस् वास्तवमा म के हुँ?”
“म भन्नु नै आत्मा हो। आत्मा नचिनी परमात्मासित साक्षात्कार हुन सक्तैन। भरे चार बजे यहीं अध्यात्म प्रवचन हुने भएको छ। महिला तथा सज्जनवृन्द…!”
“…महिलाले लूप लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेटोमी गरेर वा कन्डम लगाएर। परिवार नियोजन युगको माग हो।”
“यो युग पनि मगन्ते युग हो। कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्वतन्त्रता र अधिकार माग्यो; कतै बाटो र गौंडा माग्यो; जता हेर्यो मागामाग छ।”
“हाम्रो माग पुरा नभए हडताल गर्ने योजना छ।”
“योजना त तपाईंको राम्रै हो; तर कुनै पनि योजनाले स्थायी शान्ति ल्याउला भनेजस्तो मलाई लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च – तर यतिको खर्चको उपलब्धि के?”
“के भन्नुहोला यो सर्वरोगहारी तेल हो। कान पाकेको भए दुई थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझैं लगाउनोस्; भिरुङ्गी भएको छ भने मालिस गर्नोस् – चार दिनमा चमत्कार …।”
“चन्द्रलोक यात्रा चमत्कारै हो विज्ञानको। तर मानवता र विश्वशान्तिमा यसको के भूमिका होला?”
“शान्तिस्वस्तिको सरदाम किन्न आएको, तपाईं कता नि? आराम छ? अलि उता जाऊँ, बाटो पेल्ने मेसिन आयो…।”
“यी मेसिनहरुले पनि आजकाल…!”
“दमकल दमकल! … कहाँ दमकल हुन्थ्यो घण्टीवाल गाई- सागको मुठै लिएर देडिएछ, उ: साँढे पनि।”
“कति आत्तिएर दौडादौड गरेका यी मान्छेहरु, मानौं यहाँ एउटा युद्द नै आउँदै छ।”
“हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साँढे!…”
“यहाँ यस्तै भीड हुन्छ पर्यटक! यो काठमाडौं सहरको मुटु हो- असनको डबली, उ; त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?”
“मलाई त यो पाउडर राम्रो लागेन। बास्ना पनि कस्तो गल्लीगल्ली गनाउने छ्या; दुई स्टिक लिपस्टिक दिनोस् त गुलाबी होइन, फुस्रो चहिं…।”
“यी फुस्रा हिप्पीहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सीमा लठ्ठिएर पाइने आनन्द पनि कुनै आनन्द हो ?…”
“पख्नोस् न आनन्दजी, म पनि हिंडिहालें। रानीपोखरीतिरबाट जाने होइन त ?”
“… डुब्या रे! रानीपोखरीमै हामफालेछ।”
“कल्ले फालेछ यो अलबम्, हेर्नोस् हेर्नोस् कस्ता तस्बिर रहेछन्; ठिटीको हो कि ठिटाको ? पैसा पनि छ कि ?”
“एक बरफको दस-दस पैसा, एक बरफको दस-दस…!”
“के यो डबलीमा ट्वाल्ल परेर उभिइरहेको ए मिस्टर?”
प्रगति

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x