साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो पुराण, कसलाई के महत्व छ ?

Nepal Telecom ad

नटेकिलाई डान्सको, बेरोजगारीलाई चान्सको
प्रेमीलाई रोमान्सको, सप्लायर्सलाई एड्भान्सको
नेतालाई भोटको, एकाउण्टलाई नोटको
घायललाई चोटको, वैज्ञानिकलाई रोबोटको
भ्रष्टाचारीलाई घुसको, अनशनकारीलाई जुसको
बोइलरलाई भुसको, अमेरिकालाई बुसको
सोखीलाई फूलको, पानीलाई मूलको
छोरालाई कुलको, आन्दोलनकारीलाई हुलको
बटुवालाई बासको, बारमासेलाई तासको
गरिबलाई गाँसको, बस्तुलाई घाँसको
कुकुरलाई नुनको, बाँडालाई सुनको
सङ्गीतकारलाई धुनको, वैगुनीलाई गुणको महत्व छ ।

अझ छोरो प्रशन्न मुद्रामा भन्छ,
जोगीलाई आसनको, सिपाहीलाई राशनको
हाकिमलाई प्रशासनको, राजालाई सिंहाशनको
सुनलाई कसीको, कलमलाई मसिको
काट्नेलाई खसीको, पिउनलाई बसिको
धावकलाई रेसको, तालुलाई केशको
हिरोइनलाई फेसको, मोडेललाई ड्रेसको
कर्मचारीलाई चियरको, बारमा वियरको
पार्कमा वियरको, घरमा एउटी राम्री डियरको महत्व छ ।

बिहारमा सेलको, अदालतमा झेलको
आइमा मेलको, क्यासिनोमा खेलको
गाडीमा ड्राइभरको, कपडामा फाइवरको
फिल्ममा डाइरेक्टरको, बसमा कन्डक्टरको
फिल्ममा हिरोको, खोर्सानीमा पिरोको
नोटमा जिरोको, रेशमा किरोको महत्व छ ।

साहित्यमा कविको, देशमा स्वच्छ छविको
घरमा विवीको, अमेरिका जान डि.बी.को
माग्नेलाई भिक्षाको, बालबालिकालाई शिक्षाको
चिया पिउनेलाई चुस्किको, रक्सी पिउनेलाई ह्वस्ककी
कामदारलाई पेश्कीको महत्व छ ।

विद्यार्थीलाई विदाको, पण्डितलाई सिधाको
खानदानलाई छोरोको, कालीलाई गोरोको
बदमासलाई लौरोको, तरुनीलाई एउटा राम्रो मोरोको
धेरै धेरै महत्व छ ।

यो वाल्ल न ट्वाल्लको झ्याउरे कस्तो कस्तो
अब तपाई नै भन्नुस् त मेरो छोरो खै कस्तो कस्तो ?

अरुणिमा उच्च मा.वि
बौद्ध, कुमारीगाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x