साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गालीकार

Nepal Telecom ad

साहित्यका विभिन्न विधा छन् । त्यही विधाको पछाडि ‘कार’ पुच्छर जोडिदिएर कथाकार, उपन्यासकार, निबन्धकार, गजलकार व्यङ्ग्यकार कविताकार (यो प्रचलनमा आउनु पर्छ भन्ने मेरो रहर) आदि छन् । मैले दुई कृति प्रकाशन गरिसकेको मात्र हैन एक दर्जन पाण्डुलिपि तयार पार्दा समेत् कुनै सम्मान पुरस्कार प्राप्त गर्न सकेको छैन । अस्ति एक जना अनुज साहित्यकारले ‘आर.सी.सरको तेस्रो कृति त मलाई उत्कृष्ठ लाग्यो ।’ भने । ‘मैले तेस्रो कृति प्रकाशन गरेको छैन, भाइले अरू कसैको कृति अथाव मेरो पाण्डुलिपि पढ्यौ कि क्या हो ?’ भनें ।
उसले ‘हैन सन्तान पनि त कृति नै हुन् नि ।’ भनेपछि मेरो हृदयमा ठ्ूलै झट््का लाग्यो । त्यसदिनदेखि मैले आफ्ना कृति दोहोर्याई तेहेर्याई पढेँ । मेरो दुई पोथामा पाठकले गोता लगाउँने कतै स्थान नै देखिनँ । कृतिमा न जीवन जगतको कुरा छ न समाजसँग सरोकार ! लेखमा त इष्र्या, डाहा मात्र फेला पारेँ । ‘आहा’ भन्ने स्थान नै देखिनँ । अब सके उत्कृष्ट लेख्ने नसके यही कृतिको पेन्सनले थेग्ने बिचार गरें ।
एकदिन शहरमा एक खुंखार नेताको भाषण गर्ने हल्ला सुनेर पुगेँ । भाषण भनेको त पूरै गाली पो रहेछ । उसले आर्को पार्टीको नेतालाई तथानाम गाली गर्दा तालीको ओहिरो लागेको देखेर मेरो मनमा पहिरो गएझैँ भयो । अरू साहित्यकारको खोइरो खन्ने बिचार पलायो । नभन्दै दुई तीनवटा कार्यक्रममा अग्रज र उतकृष्ट लेख्ने साहित्यकारलाई घोचपेच गर्दा मैले पनि ताली पाएँ ।
अर्कालाई गाली गरेर ताली पाउने भएपछि हिजोआज गाली खेतीको माली भएको छु । यसलाई साहित्यको नयाँ विधाको रूपमा स्थापित गराउँन मेरो भर मग्दुर प्रयास रहेन छ । यो विधालाई उकेरो लगाउँने सघाउँने अन्य साहित्यकारलाई म सिधा दिन तयार छु । कारण अब म यो विधाको पछाडि हात धोएर हैन मुखै फोहोर पारेर लाग्ने संकल्प गरिसकें ।
हुन त नेपालमा मभन्दा उत्कृष्ट गालीकार नभएका होइनन्, मैले नाम तोक्नै पर्दैन । जो आफू निम्न स्तरको भए पनि उच्चस्तरीय गाली गर्न सक्ने माहिर छन् । उनीहरूले म जस्तो खुलेर साहित्यिक इमान्दारिता व्यक्त गर्न सकेका छैनन् । तसर्थ भानुभक्तलाई मोतिरामले चिनाएजस्तै यहाँहरूले मलाई ‘गालीकार’मात्र हैन ‘आदि गालीकार’को उपाधि प्रदान गर्नु प¥यो । आखिर गाली र नारालाई साहित्य भन्ने जमात यहाँ नभएको होइन क्यारे ।
हामीले गालीलाई पुरानो ढर्रामा— ‘तँलाई हरियो बाँसमा एकोहोरो शंख फुकेर’ भनेर मात्र पुग्दैन । अब गालीका नयाँ नयाँ शब्द सिर्जना गर्नु पर्छ । उदाहरणका लागि ‘फटाहा’, ‘ठग’, ‘छट्टु, ‘टट्टु, ‘चोर’, ‘डाँका’, ‘भाषणका भकारी’, ‘बजिया’ आदिको सट्टा ‘नेताजी’मात्र भन्ने गरौं— त्यति भए पुग्यो । धेरै कराउनु र थुक सुकाउनु परेन । हो यस्तै यस्तै शब्द खोजेर सिर्जना गरेर गाली शब्दकोश तयार पारौँ । गाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गरी विश्वामा चिनारी गराऔं । कति हिमाल र गौतम बुद्धको भरमा मात्र पर्नु । वास्तवमा यो नयाँ विधाको सिर्जना गर्ने म जस्ताले साहित्य तर्फको नोबेल पुरस्कार पाउन बेर छैन । यदि पाइयो भने नेपालीकै नाक घिराउँला जत्रो हुने त हो ।
हिजो आज म कुनै साहित्यिक कार्यक्रममा पुग्न नसक्दा साहित्यकार एवंम् साहित्यानुरागीलाई मेरो अभाव खड्किन थालेको छ । यसबाट के प्रष्ट हुन्छ भने गाली साहित्यको भविष्य एकदम उज्वल छ । यसमा कसैले शंका नगरे हुन्छ । त्यसैले प्रज्ञाप्रतिष्ठानमा पनि गाली साहित्य अर्थात् गालीकारको प्रतिनिधित्व गराउनै पर्यो । अब हामी संगठित भएर ‘गालीकार साहित्यिक संघ’ दर्ता गर्न तर्फ लागौं भन्ने मेरो अनुरोध छ ।

‘अभिव्यक्ति’ १६९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x