साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मध्यान्ह दिन र चिसो निद्रा

Nepal Telecom ad

अखबारको ‘वन्टेड कालम’मा
म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु,
प्रत्येक जुलुस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरूमा
पाइला टेक्ने आधार खोजिरहेछु– नयाँ बजेटको आश्वासन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शब्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु
प्रत्येक खाली सीटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैँ गन्हाउँछ,
आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,
बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको स्युँदोसँग,
सिन्दूर झस्केझैँ लाग्छ
पत्नीले थालमा सधैँ–सधैँ
व्यङ्ग्य पस्केझैँ लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तिपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दर–दर
पुगिरहेछु घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,
मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझैँ लाम लागेकाहरू !
नाराका अक्षरहरू !’
अरु जोर–जोरसित नारा लगाऊ
उफ ! म निदाउन चाहन्न यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ ।

(‘रुपरेखा’ २०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x