साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब म यी भोकमा डुबेका चोकहरूमा यी वैलाएका कलिजस्ता गल्लीहरूमा हेर्छु एक-दुई दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो मेरो सत्य इतिहास ।

Nepal Telecom ad

जब म
यी भोकमा डुबेका चोकहरूमा
यी वैलाएका कलिजस्ता गल्लीहरूमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास

यो बाटोको बीचमा माटो खनेर
बसेका देवताहरू
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरू
यो भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरू
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरू
जब देख्छु म यी सबलाई
सधैं त्यही- सधैं उस्तै र
सधैं एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास

जब म
असङ्ख्य सीताहरूलाई सधैं
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
बजार- बजारमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझैं नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरूलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
कल्कीका बोटझैं
दुवै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झैं लाग्छ
आफ्नै रगतको उपहास

जब म
यी भोकमा डुबेका चोकहरूमा
यी वैलाएका कलिजस्ता गल्लीहरूमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु : अरनिकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु : सधैं सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरूमा
यी वैलाएका कलिजस्ता गल्लीहरूमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

०००
‘घुम्ने मेचमाथि अन्धो मान्छे’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x