साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किस्ताबन्दीमा खान थाल्या’छु

Nepal Telecom ad

ऊ र म कामविशेषले बजारतिर जाँदै थियौँ । चोकमा उभिएर अक्षरहरू गफ्फिदै थिए । स्वाभाविक उत्सुकतावश के रहेछ भनेर कान थाप्यौँ । खानेकुराको चर्चा रहेछ । झ्याप्प सुनिहाल्यौँ । गफ यस्तो थियो :

क– लसुन, प्याज यी तामसी चिज हुन् । खानु हुन्न । मैले खाएको छैन । खान्न ।
ख– लसुन, प्याज त वनस्पति हुन् । खानु हुन्छ । म खान्छु । खसी–बोका पो खानु हुन्न । मैले खाएको छैन । खान्न ।
ग– आ, किन हुन्न ? सबैले खाइआएको कुरा । म त खान्छु । गाई खानु हुन्न ।
मैले खाएको छैन । खान्न ।
घ– धत् किन हुन्न ? दुनियाँले खान्छ । केहीले नखाएर हुन्छ ? क्या चोपिला
हुन्छ । आफूले त कति खाइयो कति ? म त खान्छु । घुस खानु हुन्न बरु । मैले खाएको छैन । खान्न ।
ङ– सय–पचास लिनु काम छिटो फत्ते गरिदिनु, त्यो घुस होइन । मैले त खा’छु । खान्छु । उड्नेमा जहाज र हिँड्नेमा गाडीगुडी खाएको छैन बरु । खानु हुन्न । खान्न ।
च– नाथेहरू ! किन हुन्न ? मैले त सब खा’को छु । प्लेन पनि खा’छु । प्लान पनि खा’छु । जेट पनि खा’छु । गेट पनि खा’छु । उड्ने–बुड्ने–गुड्ने सबै खा’छु । देश खा’छैन । खानु हुन्न । खान्न ।
छ– मुला ! त्यही शेष छ अब । त्यो मेरो भाग हो । थोरै–थोरै गरी अर्थात् किस्ताबन्दीमा खान थाल्या’छु । पछि चाल पाउलाऊ तिमीहरू । ….
गफ त चल्दै थियो । त्यसले देश खाँदा चपाइन्छु कि भनेर होला ऊ त्यहाँबाट कुलेलम ठोक्यो । पर पुगेर फरक्क फक्र्यो र उसले मलाई ‘ए, भाग् ! भाऽग् !!’ भन्यो । म भागिन । देशै रहन्न भने म पो भागेर कहाँ जान सक्छु र ! म यी यहीँ छु ।

‘बोन्साइ’ लघुकथा सङ्ग्रह (२०६८) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x