साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को चुनावमा अब आफैं उठ्ने हो

Nepal Telecom ad

चुनाव पक्का कांग्रेस जित्छ, एमालेले हार्दैन
माओवादी त क्रान्तिकारी पार्टी, उसले हार्ने मिल्दैन {{read_more}}  height=
प्रपा, जपा जति पापा छन् सबले मिठै पापा पाउँछन्,
न देश उठ्यो न जनता उठे, यिनले लोप्पा पाउँछन् ।

उठ्नेले मात्रै चुनाव जित्न सक्छ, नउठ्नेले जित्दैन
पार्टी उठे, नेता उठे, जनता उठ्दै उठ्दैन
जित्नेले हार्नेलाई किन वास्ता गर्नु ?
चुनाव जसले जिते पनि जनतालाई फरक पर्दैन ।

जसले जे परिवर्तन ल्यायो, उसैले पकायो पस्क्यो खायो
सुतीसुती मलाई ख्वाइदेओ भन्नेले कहिले के पाउँछ र के पायो ?
धुलो बनेर बाटोमा छरिएपछि सबै पैतालाहरूले  कुल्चनछन्
अब त उठ र उड हे पाइताला मुनिका धुलाहरू हो ! हुरीको मौसम आयो ।

हे पाइताला मुनिका धुलाका कणहरू हो !
मिलेर उडेर सूर्यलाई छेक्न सक्छौ
ठूलाठूला रुख जंगलै छोप्न सक्छौ
आँखामा परेर पैताला रोक्न सक्छौ
उठ र उड हे पाइताला मुनिका धुलाका कणहरू हो !
पैताला पो उड्न सक्दैन तिमी त उड्न सक्छौ ।

भोटै जाबो त कति हालियो हालियो जिन्दगीमा
दिन नै गइयो लिन केहि पाइएन
एउटा भोट खसालेर यिनलाई मालिक बनाउनु भन्दा
अर्को चुनावमा अब आफैं उठ्ने हो, यसपाली त भ्याइएन !

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x