नरनाथ लुइँटेलअघाएको जुको

शनिबारे वाण– १ : अघाएको जुको
नाकाबन्दी हुँदैहैन
भन्ने पनि उही
भूकम्पको जस्तापाता 
हसुर्ने हो उही । {{read_more}}
हाम्रा इच्छा चाहनामा
थुक्नसम्म थुको
भोट माग्न आयो फेरि
अघाएको जुको ।
लबस्तरो लाजै छैन,
कुर्सी मात्रै देख्छ
छिमेकीकै स्वार्थ निम्ति
भुक्नुसम्म भुक्छ ।
राल काढ्छ रललल
देख्दा आना सुको
भोट माग्न आयो फेरि
अघाएको जुको ।
झुक्याउने अनेक दाउ
सक्नुपर्छ चिन्न
थैलो बोकी आएको छ
हाम्रो भोट किन्न ।
सात पुस्ता कुम्ल्याएको
हाम्रै आँखा अघि
यो खञ्चुवा साँढेलाई
बाँध्ने कहाँ लगी ?
माला लगाइ गएको थ्यो
शहरतिरै लुको
भोट माग्न आयो फेरि
अघाएको जुको ।
शनिबार, २ मङसिर, ०७४
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































