चूडामणि रेग्मीउस्तै ! उस्तै !

रातो होस् कि सेतो कालो अचेल त उस्तै ! 
जति हुङ्कारे नि बाबै ! सवै उस्तै ! उस्तै !{{read_more}}
यो पालि त त्यसलाई ! अर्कालाई चुन्छु !
चुन्यौता नि ! आखिरमा सवै उस्तै ! उस्तै !
प्रतिक्रियावादी सुइ ! डुक्री डुक्री हिंड्थ्यौ !
सुइ अरे ! देसै छायो ! खायो ! अझै उस्तै !
केही प्राज्ञ रोए अरे ! ‘देश सड्यो !’ भनी
किन रोए ? कठै बरा ! भने ‘अझै उस्तै !
अचेल त अचम्म छ ! मस्त मस्त पारा !
फिक्री मरु ! कसो गरुँ ! अझै पारा उस्तै !
उहाँ निकै राम्रो मान्छे ? उडाउनु पर्छ !
थाहा छैन ? यो देश छ अझै उस्तै उस्तै !
यो देशको माया गर्ने ! कटिवद्ध हुने !
जत्ति होउन् ! ठिक पार्छौ ! चाला अझै उस्तै !
आखिरमा धन धान्य पद शक्ति मिठो !
यो स्वादमा नडुब्ने को ? यो देश छ उस्तै !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































