साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समता काव्य सन्ध्या १९५ औँ शृङ्खलामा

Nepal Telecom ad

पोखरेली युवा सांस्कृतिक परिवारको मासिक समता काव्य सन्ध्याको १९५ औँ शृङ्खलामा परिवारका संस्थापक उपाध्यक्ष नवराज कार्कीसँगै पूर्व अध्यक्षहरू ईश्वरमणि अधिकारी र height= जीवनसागर भण्डारीले एक साथ कविता सुनाउनुभएको छ ।{{read_more}}

सन्ध्याको रजत वर्षका अवसरमा हुँदै आएको १० कविका १० कविता शृङ्खलाअन्तरगत अन्य कविहरूसँगै पूर्व अध्यक्षद्वयले कविता सुनाउनुभएको थियो । सन्ध्या नायकका रुपमा परिवारकै संस्थापक उपाध्यक्ष नवराज कार्कीले आफ्ना ५ कविता सुनाउनुभयो । आफ्ना दिवङ्गत सहयोद्धाहरू सरोजगोपाल, अरुण थापा र विनोद गौचनलाई सम्झेर दुःखी हुनुभएका हाल अमेरिका निवासी कवि कार्कीले शिशु मृत्यु दर सबैभन्दा बढी संस्थाहरूमा देखिए पनि पोखरेली युवा सांस्कृतिक परिवारमा त्यो लागू नभएकोमा भने खुसी व्यक्त गर्नुभयो । उहाँले हास्य र शृङ्गार रसका कवितासँगै अमेरिकाको त्रासद जीवनशैली समेटिएका दुई कविता पनि सुनाउनुभयो । 

कवि कार्कीलाई पोखरेली युवा सांस्कृतिक परिवारले नै आगामी मङ्सिर ९ गते पोखरामा एकल कविता वाचनमा उभ्याउने तयारी गरिरहेको परिवारका अध्यक्ष दीपक समीपले जानकारी दिनुभयो ।

अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएको कार्यव्रmममा भण्डारी र अधिकारीसँगै गनेस पौडेल, तीर्थ गुरुङ, सुरज उपाध्याय, सविता सापकोटा, गीता तिवारी, खेम देवान, भीम रानाभाट, स्ट्रगल राना र सरला लामिछाने ‘सरु’लगायतका कविहरूले आफ्ना कविता सुनाउनुभएको थियो । कार्यव्रmमको सञ्चालन सचिव अर्जुन अधिकारीले गर्नुभएको थियो । परिवारले हरेक महिनाको पहिलो शनिबार कविताको अघोषित पाठशालाका रुपमा समता काव्य सन्ध्या सञ्चालन गर्दै आएको छ ।

स्रोत : रुपिन्द्र प्रभावी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x