साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिला प्रश्न

Nepal Telecom ad

हाम्रा सरकारी विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूले शिक्षा सेवा आयोगले लिने पुरानो शैलीको परीक्षामा कसैगरी उत्तीर्णाङ्क ४० ल्याउन नसक्ने र यो जुनीमा स्थायी हुन  height=नपाउने देखिएपछि हाम्रा उदारमना शिक्षामन्त्री माननीय गोपालमानज्यूको हृदय भक्कानिएर आयो ।{{read_more}} उहाँले विचार गर्नुभयो, ‘अधिकांश अस्थायी शिक्षकहरू भनेका हामी नेतागणका तोकादेशमा भर्ना भएका विभिन्न दलका कार्यकर्ता, गणेश तथा भक्तजनहरू नै हुन् ।

उनीहरूले दिनरात नभनी राजनीतिक दलका संगठन विस्तारमा ठूलो योगदान गरेका छन् । विद्यालयमा नियमित हाजिर हुने र कहिलेकाहीँ पढाउने काम पनि गरेकै होलान् । उमेर छिप्पिएर गिदीमा काठ पसिसकेको यो बेलामा आएर जाँच दिएर पास गर अनि मात्रै स्थायी हुन्छौ भन्नु हामीले पापको भारी बोक्नु मात्र हो । अतस् जसरी पनि यिनीहरूको उद्दार गर्छु, गर्छु, । उनीहरूले मागै नगरेका कुुरा पनि म पूरा गरिदिन्छु । सबका सबलाई स्थायी गरिदिन्छु ।’ मन्त्रीज्यूले दृढ अठोट गर्नुभयो । 

अठोट मात्रै होइन, मन्त्रीज्यूले शिक्षा ऐनमै संशोधन गरी ती पीडित शिक्षकहरूलाई सजिला–सजिला प्रश्न सोधी पास गराई स्थायी गर्ने वैधानिक, व्यावहारिक र सरल विधि निर्माण गर्नुभयो । मन्त्रीज्यूको पहलमा पास भएको नयाँ लोककल्याणकारी शिक्षा नीति अनुसार त्यस्ता सम्पूर्ण शिक्षकहरूलाई स्थायी गराउनका लागि वस्तुगत प्रश्न ड्याम्मै ६० प्रतिशत राख्ने व्यवस्था गर्नुभयो, ताकि अन्धाधुन्ध चिह्न लगाए पनि पास हुने सम्भावना होस् । खुला प्रतिस्पर्धा गरेर शिक्षण पेसामा घुस्न खोज्नेहरूलाई अप्ठ्यारा प्रश्न सोधेर ऐँऐँ पार्ने तर अस्थायीमा घुसिसकेकाहरूलाई सजिला प्रश्न सोध्ने मात्र नभई परीक्षा हलमा पुस्तक तथा चिटको प्रबन्ध गर्ने, चिट वा गाइड नै दिँदा पनि सार्न नसक्ने गुरुजीहरूका लागि उत्तर लेखिदिने लेखनदासहरूको पनि प्रबन्ध गर्नका लागि सम्बन्धित निकायलाई गोप्य मन्त्रणा पनि गर्नुभयो मन्त्रीज्यूले । यति मात्र होइन, शिक्षा सेवा आयोगका दुष्टात्माहरूले अप्ठ्यारा प्रश्न सोधेर गुरुहरूलाई दुस्ख देलान् भनेर मन्त्रीज्यू स्वयंले केही नमुना प्रश्नहरूसमेत तयार गरेर आयोगलाई दिनुभयो, जुन यसप्रकार छन् स् 

(तलका प्रश्नहरूको जवाफ दिनुहोस् । जवाफ आएन भने चिट चोर्नुहोस् अथवा उत्तर लेखिदिन व्यवस्था गरिएका लेखनदासहरूसँग सम्पर्क गर्नुहोस् । आफू पनि पास हुनुहोस्, शिक्षामन्त्रीलाई पनि पास गराउनुहोस् ।)

प्रश्न १. तपाईंलाई कक्षामा पढाउन र पार्टीको कार्यक्रममा नवप्रवेशी कार्यकर्ताहरूलाई प्रशिक्षण दिन कुन सजिलो लाग्छ, लेख्नुहोस् ।

प्रश्न २. फलाँस खेलमा सबैभन्दा ठूलो रन कुन हुन्छ ? दुक्की, तिर्की र पन्जाको सिक्वेन्सलाई के भन्ने चलन छ ?
प्रश्न ३. यसपालिको संसद्को निर्वाचनमा कुन–कुन पार्टीले कति–कति सिट जित्लान्, आफ्नो पार्टीको सकेसम्म बढाइचढाइ गरी संख्यामा उल्लेख गर्नुहोस् । 

प्रश्न ४. तपाईंको कार्यक्षेत्र निकट रहेको बजारमा रहेका चिया–दोकानहरूमध्ये कसको पसलमा सबैभन्दा स्वादिलो चिया खान पाइन्छ ? कुन पसलमा बसेर घन्टौँ राजनीतिका गफ गर्नमा सबैभन्दा बढी आनन्द आउँछ ? किन ? 

प्रश्न ५. जनताले तिरेको करबाट उठेको राज्यको तलब खाएर राजनीतिक दलहरू वा नेताहरूको झोला बोकेर गाउँगाउँ कुद्दा वा चुनाव प्रचारप्रसारमा भाषण गर्दा कुनै प्रकारको अप्ठ्यारो अनुभव हुन्छ वा हुँदैन ? एक शब्दमा जवाफ लेख्नुहोस् ।

प्रश्न ६. सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाएर रसातलमा र्पुयाउन अथक प्रयास गर्ने वर्तमान शिक्षामन्त्रीको मुक्तकण्ठले प्रशंसा गर्नुहोस् ।

सिनामङ्गल, काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x