साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्नेलाई उल्टो न सुल्टो

Nepal Telecom ad

फेव्रुअरी १९, २०१७ मा जेठको पास्नीको पार्टी एडेलैडको गोरखा नेपालिज रेष्टुरेण्टमा भइरहेको थियो । गेष्टहरू सबै उपस्थित भएपछि संगीता बुढाथोकीले कार्यक्रमको उद्घोषण सुरु height= गरिन् । सुरुमा वेलकम नृत्य राखिएको थियो ।{{read_more}} नृत्यमा मेरी बुहारी रोशनी, रविना, ललिता, बिन्दी, ज्योत्स्नाहरूले भाग लिँदै थिए । त्यसै गरी अर्को गीतमा सनम मैयाँले नृत्य गर्दै थिइन् । नाचको कार्यक्रम सकेर अबको पालो गीतको भन्दै संगीताले मेरो नाम लिएर अब सोहिल दाइको ड्याडले गीत गाउनु हुनेछ भनिन् । म खासै तयारीमा त थिइन तर जुनेश, रविनाको अनुरोध केही पहिलै देखिको हो भरे के पर्ला गीत गाउनु पर्ने नै भयो भने त गाउनै प¥यो भनेर मैले यसो बसिबियाँलो गर्न गीत लेखिराखेको डायरी लिएर गएको थिएँ । सोही डायरी लिएर स्टेजतिर गएँ । अप्ठ्यारो अप्ठ्यारो मान्दै गिटार समाएँ । 

स्टेजमा एउटा कुर्सी त थियो तर माइक्रोफोन राख्ने ठाउँ थिएन । माइक्रोफोन संगीताले समाइदिइन् । छोराले ड्रम बजाउन थाल्यो, मैले डायरी पल्टाएर तिघ्रामा राखेर गिटारले थिचेँ । सुरु भयो गीत अरुण थापाको आँखाको निंद खोसी लाने… गीत गाउँदै मुखडा के सकेको थिएँ गिटार हल्लिएर डायरी भुईंमा खस्यो । डायरी खसेको देखेर बुहारी रोशनी दौडेर आएर उठाइन र मलाई हेर्न सजिलो होस् भनेर देखाई रहिन् । मलाई भने आपत परिसकेको थियो । गीत विचैमा रोक्नु पनि भएन । अन्तरा पनि अरुबेला त सरर आउँथ्यो त्यसवेला मेलो सरेन । डायरी देखाउनेले देखाइरहेकी थिइन् तर आफूले पल्टाएको पाना सही थियो कि थिएन हेरिनन् । माइक्रोफोन समाउनेले पनि समाइरहिन् मलाई अप्ठ्यारो परेको महसुस गरिनन् । छोराले ड्रम लयमा बजाइरह्यो मैले गिटार बजाउन र गाउन पनि छाडिनँ । अन्तराका शब्दहरू अगाडिका पछाडि पछाडिका अगाडि गर्दै भए पनि गीत सकियो । हलमा ताली पड्कियो पट्ट्ट्ट्ट । 

अब पालो थियो हाँस्ने । मैले रोशनीले पल्टाएको पाना देखाएँ, उनी हाँसिन् । ज–जसले वास्तविकता बुझे सबै हाँसे । गीतको अफर अझै आउँदै थियो । केही गीतका टुक्राटुक्री सकेर फुर्सद लिएँ । म एडेलैड पुग्नु अघिदेखि नै छोराले आफ्नो ड्याडीले मिठो गीत गाउनुहुन्छ भन्थ्यो रे उसका साथीभाइहरूसँग मैले कतै त्यो ईमेज बिगारी त दिइनँ आफैलाई प्रश्न गरें । प्रोफेसनल सिंगरहरूले त कतिपय बिगार्छन् आफू परियो टुक्रे उस्ताद चित्त बुझाएँ । सायद छोराले पनि यस्तै सोच्यो होला । अर्को कुनामा छोराकी आमा आफ्नो पतिले गाएको सुनेर मख्ख पर्दै मुसुमुसु हास्दै वरिपरी नजर घमण्डी पाराले डुलाउँदै थिइन् । मनमनले भन्दै थिइन् होला “देख्यौ म पनि राम्रै गायककी पत्नी हुँ ।” सालो सरोज र अंकुरा बहिनी पनि दङ्ग थिए । मैले चाहिं मनमनै भनें जान्नेलाई के उल्टो के सुल्टो । हा… हा…. हा… ।

‘यात्राको डायरी’ बाट
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x