साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता चिन्ने मन्त्र

Nepal Telecom ad

नेतालाई चिन्नु कसोरी ?  height=
हाँस्छ जो दाँत निचोरी । 
देशलाई चपाएर, राष्ट्रियता खाएर
गाउँछ जो सत्यताको होरी । {{read_more}}
नेता…. 

गाउँकी काली स्वास्नीलाई छोडेर ठाडै 
शहरमा बिहे गर्छ गोरी । 
नेता…. 

पैसा पाए बिक्री हुन्छ, डलर पाए लिलाम 
नैतिकता बेचेको अघोरी । 
नेता…. 

मुलुक जाओस् भँडखाला, रातो हुन्छ क्या गाला 
जनताको भाग सबै हसुरी । 
नेता…… 

के के यिनले खा’काछन, के के पचाका छन् 
हेर्नु पर्छ डल्ले भुँडी फोरी । 
नेता…… 

नियम कानून लाग्दैन, पुलिसले समात्दैन 
मान्छे मारोस या गरोस् चोरी । 
नेता……. 

खोजीखोजी फटहालाई, चिनी चिनी लुच्चालाई 
ख्वाउनु पर्छ झ्यालखानाको पुरी । 
नेता….. 

देख्यो कि त बाङ्गालाई, भेटे नेता नाङ्गालाई
सबै मिली भनौं कुरीकुरी
नेतालाई चिन्नु कसोरी ? 
हाँस्छ जो दाँत निचोरी ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x