सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता चिन्ने मन्त्र

Nepal Telecom ad

नेतालाई चिन्नु कसोरी ?  height=
हाँस्छ जो दाँत निचोरी । 
देशलाई चपाएर, राष्ट्रियता खाएर
गाउँछ जो सत्यताको होरी । {{read_more}}
नेता…. 

गाउँकी काली स्वास्नीलाई छोडेर ठाडै 
शहरमा बिहे गर्छ गोरी । 
नेता…. 

पैसा पाए बिक्री हुन्छ, डलर पाए लिलाम 
नैतिकता बेचेको अघोरी । 
नेता…. 

मुलुक जाओस् भँडखाला, रातो हुन्छ क्या गाला 
जनताको भाग सबै हसुरी । 
नेता…… 

के के यिनले खा’काछन, के के पचाका छन् 
हेर्नु पर्छ डल्ले भुँडी फोरी । 
नेता…… 

नियम कानून लाग्दैन, पुलिसले समात्दैन 
मान्छे मारोस या गरोस् चोरी । 
नेता……. 

खोजीखोजी फटहालाई, चिनी चिनी लुच्चालाई 
ख्वाउनु पर्छ झ्यालखानाको पुरी । 
नेता….. 

देख्यो कि त बाङ्गालाई, भेटे नेता नाङ्गालाई
सबै मिली भनौं कुरीकुरी
नेतालाई चिन्नु कसोरी ? 
हाँस्छ जो दाँत निचोरी ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने