रविन शर्मा चापागाइँफगत कुरा जोत्दै अब नहिँड
बाटो बाटो राम्री केटी रोज्दै अब नहिँड यार
कालो रुपमा क्रिमहरू पोत्दै अब नहिँड यार ।
‘सित्तैंको हो भन्दै पैले अलकत्रा खाएपछि’
कुल्ला गर्न मट्टितेल खोज्दै अब नहिँड यार ।
‘तैँ होलास् हनुमान तेरै पुच्छर लामो होला’
मेरा अघि फगत कुरा जोत्दै अब नहिँड यार ।
दाँत कालो भइसक्यो ऐनामा हेर आफ्नो मुख
पिच्च थुक्दै मुखमा पान कोच्दै अब नहिँड यार ।
पल्सर छ तेल हाल्ने पैसा बाउले दिएकै छन्
पल्ला घरे भाउजूलाई बोक्दै अब नहिँड यार ।
जहदा, नवलपरासी
Subscribe
Login
0 Comments
Oldest







































