साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्पुराँ लेखेपछि कस्को के लाग्छ ?

Nepal Telecom ad

यी ठेट्नाहरू बढो फूर्ति लगाउँथे जितेर देखाइदिएँ यिनलाई यसपाली । बढो आफूमात्र के के न हुँ भन्ठान्थे फुच्चाहरू । जसका सिङ छैनन् उनै तिखे, तेरिमालाने ! दुई चार वर्ष के मट्याङ्गा खेलाउन सिकेथे पहिलो र दोस्रो विश्वयुद्ध नै यिनैले जिते झै पो गर्छन् बा । हाम्रा बिल्ली हामीलाई नै म्याउँ ? यस्ता बिल्लीहरू त कति पुर्याइयो दिल्ली साँदी छैन ।
अग्रगमन के हो र पश्चगमन के हो यी ठेट्नाहरूले सिकाउने मलाई हँ ? अर्कैकी भए नि भाउजू लोली मिलाउँछिन, हो नि त । यिनले के जान्या छन् र तपाईंले जति । तपाईहरूकै सिको सिकेर आका हैनन् यिनीहरू ? कि म गल्ती बेल्दैछु ? किन बोल्नु गल्ती, तपाईं पनि त हामीसँगै थियौ नि । त्यो बेला पनि तपाईलाई मेरो पक्षमा पार्न थोरै जोड ग¥या हो र मैले । भन्नेले उ बेलामा पनि के के भने के के तर ती फ्याउराका कुरै सुनिन मैले । हेर यस बेलामा आएर एक हुन लेख्या रहेछ के थाहा पाउनु, यस बेला यस्तो हुन्छ भनेर । बन्सोले पिपललाई ढाकेर सक्थ्यो र ! दुई दिन खडेरी के परेथ्यो बन्सो सुकिगो । भाग्यमा भएपछि त डोकैमा पनि दुध अडिँदो रहेछ नि ।
फागुनतिर गाभिनो भाको भैसी मङ्सिराँ व्याउँछ भन्ने थाहा त हुन्छ नै तर मैले दुदेरो किनिन । मङ्सिर चारै गते फ्यात्त भैंसीले पाडो पायो । दुदेरो सुदेरो नभए नि डोको थापेको म त दङ्ग, हैन टन्न डोको भरिएछ बा ! पुर्पुराँ लेखेपछि कस्को के लाग्छ । छिमेकीले रिस गरेर भो ? भाउजू भन्छिन्, कता हुनु । बरु तपाईको भैंसीको दुध मैले पनि खान पाउने भएँ । हरे तिम्रै त हो नि भैंसी जति खाए नि हुन्छ नि के को चिन्ता । अरुलाई भने आकाशको फल आँखा तरेर मर भा’छ है त्यो चाहिं साँचो हो– हल्लिँदै दाइले भने । यी तुक्के बुढालाई कति तुक्क आएको होला । जे भन्दा नि तुक्कैमा नै भन्छन् । कसैलाई मुक्का हान्नु प¥यो भने पनि तुक्कामै मुक्का हान्छन् । भक्तपुराँ बसेर झापामा दाईं लगाएको परालको भारी ओसारेर मचाङ लगाउन बाँकी छ । झर्वा जति चरी र मुसीले खाईहाले । दाईंमा लगाएको गोरुले दाईंमा घुम्दा मनग्गे पराल चपाई हाल्यो । दाईं सक्दानसक्दा चिल्लो पो भइरथ्यो डाम्ना । बेला बेला पराल माथि गोब्र्याई दिएर हैरान ।
नमच्चिने पिङको सय झड्का तातो त भुत्लोको दौडाहाले औडाहा पार्याथ्यो गोरु नै ब्याए सरी भैंसीले पाडो पाए पछि हाईसन्चो भो भन्छन् त दाई भन्दा भाउजू अर्कैकी भए नि तेसै मुज्जिएर हाँस्छिन् र बोलीमा लोली मिलाउँछिन् हो नि त । बल्ल आङ चिलाएको सन्चो भा छ रे भाउजूको । खै के पो भन्या हुन् बुझे त मर्नु । भदौमा आँखा फुट्या गोरुले मङ्सिरको पराल पनि हरियो नै देख्छ रे । हुन पनि होला । आफूले स्याहार सुसार गरेर पाल्या भैसी ब्याएको भए पो दुदेरो किन्थ्यो बुढो । अर्काले ब्याउने बनाएर पाडो पाउँछ कि पाडी भनेर भिडियो एक्सरे नै गरिवरी ल्याएर आँगनमा पाडो जन्माउन लगाए पनि सर्बत्र आफूमात्र देखेछ दाजुले, भाउजू अर्कैकी भए नि लोली मिलाउँदी थिइन् हो नि, हो नि भन्दै । हा हा हा… ।
गल्कोपाखा, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x