साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही छोटा ठोक्तक

Nepal Telecom ad

१. खतरनाक मान्छे

थाहा छ र भन्न सकिन्छ—
बाघले झम्टिन्छ, सर्पले डस्छ
कुक्कुरले टोक्छ, भालुले चिथोर्छ
तर भन्नै सकिन्न– मान्छेले के के गर्छ गर्छ ।

२. भेद

सुनको साङ्लो लगाउँदा गहना हुन्छ
फलामको त्यही साङ्लो हतकडी हुन्छ
साङ्लो त आखिर साङ्लै न हो–
भेद नबुझेर पो गडबडी हुन्छ
आजको नेपाल ।

३. कारण

बाजेले मुखियाहरूको तमसुकका कारण ठाउँ छाडे
बाबुले बजियाहरूको बन्दुकका कारण गाउँ छाडे
फेरिएका छन् पात्रहरू, कथा भने उस्तै छ
नातिहरूले आज कसका कर्तुतका कारण देश छाडे ?
एउटा लेण्डुप दोर्जेले ‘मर्ज’ गरौं’ भन्यो
अर्को मिरजाफरले ‘गोजी भरौं’ भन्यो
सुन्दर शान्त नेपाल आज
कस्ता कस्ता कुपुत्रहरूको क्रीडास्थल बन्यो !

४. एउटा सूचना

नेता र व्यापारीहरू सधैं तपाईंको सेवामा तत्पर छन्
प्रहरी, कर्मचारी सबै तपाईंकै सेवामा अग्रसर छन्
अलि सतर्क भएर हिंड्नु होला–
कसले, कतिखेर, कहाँनेर तपाईंको सेवा गर्छन्ग गर्छन् !

६. कविता लेखेर के गर्ने ?

कुनै ऐना छैन कि क्याहो, शिर झुकेको हेर्ने
कुनै डाक्टर छैन कि क्याहो, मन दुखेको हेर्ने
शिर झुकेकोझुक्यै छ, मन दुखेकोदुख्यै–
मैले कविता लेखेर के गर्ने ?

‘अभिव्यक्ति’ १६९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x