साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुस्रा पात 

Nepal Telecom ad

भीरमा उम्रिएको बिरुवा हुँ 
फुस्रा पात छन् मेरा ! 

चिल्ला पात भएका 
अग्ला रुखहरू सुन ! {{read_more}} height=
समथर मैदानमा उम्रिएका 
पारिलो चौतारीमा रोपिएका 
आँगनको मठमा पुजिएका 
धातुको गमलामा सजिएका 
घरको बगैँचामा गोडिएका 
मालीको स्याहार पुगेका
तरुण वृक्षहरू सुन ! 

म त ढुङ्गाको कापमा उम्रिएछु ! 
उजाड बगरमा उम्रिएछु ! 
रित्तो मरुभूमिमा 
कुनै सुदूर कन्दराको काखमा 
जलिरहेको मसानघाटमा 
ठूलो रुखको फेदमुनि उम्रिएछु !
मेरो केशमा
नयाँ पालुवाहरू सिउरिदिन 
वसन्त बाबाले बिर्सिएको छ ! 
मेरो हत्केलामा 
नयाँ कोपिलाहरू सजाइदिन 
शरद आमाले पनि बिर्सिएकी छ ! 
तर शिशिरका चिसा रातहरूमा 
सपना हराएको छैनँ मैले 
जीवन हराएको छैनँ ! 

अब हेरिराख— 
संसारका दुःखहरूलाई जितेर 
म कसरी यो चट्टानभित्र 
गाड्नेछु आफ्ना कलिला जराहरू ? 
हेरिराख— 
म कसरी उभिनेछु यो मरुभूमिमा 
र आफै बाँच्न सिक्नेछु ? 

भीरमा उम्रिएको बिरुवा हुँ 
फुस्रा पात छन् मेरा ! 

नागरिक अक्षर, २०७३ माघ १
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x