साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृढ छु म साथी ! 

निरर्थक दिन वित्छन् कहाँ त्यसै  साथी !  सुते पनि  उठे पछि चेत वाँड्छु  साथी !

Nepal Telecom ad


निरर्थक दिन वित्छन् कहाँ त्यसै  साथी !  height=
सुते पनि  उठे पछि चेत वाँड्छु  साथी !


कुधुरी नै कुधेका यी गोडा कुध्नै खोज्छन्
वुढ्यौलीले वसे पनि मन उड्छ साथी !


समयले कक्र्याउँछ खुम्चिनु नै पर्यो !
नङ्ग्रा दाँत खिएको म वाघ हुन्न साथी !


वालक झैं गतिविधि रमाइलो मान्छु चुप्प !
तर रमाउँछु कुँजिए नि साथी !


बिसाउन वस्नु पर्दा कुँजिए यी गोडा
कल्पनामा दौडिया’छु अचेल म साथी !


पढ्ने वानी  ! लेख्ने नसा ! लुरे भए पनि
दत्तात्रेय भएको छु खोज्ने ज्ञान साथी !


उल्टो पनि वाङ्गो पनि कैयौं वुढा हिंड्ने !
जिउँदै  नै किन मर्छु ? साथी !


राम्रा राम्रा कुरा हाम्रा नछोड्ने छ वाचा
प्राण जाओस् ! नर्क जान्नँ दृढ छु म साथी !

२०६९/७/२०
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x