साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लिँदै छ 

Nepal Telecom ad

हेर त पागल हो कि त्यो चोकमा को हल्लिँदै छ ? height=
एक राष्ट्रप्रेमी राष्ट्रको शोकमा पो हल्लिँदै छ ।{{read_more}}

धेरै दिन भएजस्तो छ त्यसले खानै नपाएको
गएर सोध त त्यसलाई, भोकमा जो हल्लिँदै छ ।

मेरो फाइल घरी यता हुत्तिन्छ घरी उता
देखेनौ हाकिमसाहेबको तोकमा त्यो हल्लिँदै छ ?

परदेशबाट बाकसमा सुतेर छोरो आयो
तर भन्सारमा परेर रोकमा यो हल्लिँदै छ ।

पत्नी निट भोडका पिएर नि शान्त, पति भने
थोरै वाइन मिसाएको कोकमा जो हल्लिँदै छ ।

धेरै हँसाएर कति त्यसको हुर्मत लिनु र
मैले सुनाएको एउटै जोकमा भो, हल्लिँदै छ ।

तिमी आफै पिपलपाते भइदिँदा नै आज
मेरो समर्थन पनि त्यै झोकमा हो, हल्लिँदै छ ।

बुटवल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x