प्रेम ओली ढकलपुरेकिचकन्याको डेथकिस

हिन्दूस्तानी सुन्दरीको मुसकानले लट्ठ परे
किचकन्या पो रहिछ मोरी
उसको डेथकिसले झन्नै पो म मरेँ {{read_more}}
केपी ओली पनि ती सुन्दरीलाई भेट्दा
दङ्ग परेर माया पिरम गरे
के थाहा बिचरालाई त्यो किचकन्या होली
उसको डेथकिसले दुईचार वर्ष थला परे
पहिलो चुनाव जितेपछि प्रचन्ड पनि
ती तरुनीको पछि लागि गर्नुसम्म गरे
जब पाए किचकन्याको डेथकिस
दोस्रो चुनावमा तेस्रो स्थानमा झरे
के के न पाउछौ भन्दै मदेशी दल पनि
ती हिन्दूस्तानी सुन्दरीको खुबै पछिपछि लागे
जब किचकन्याले दिइथी कस
ती बिचरा पनि रन्थनिदै भागे
सुनीलदा बाठा भएर हो कि ब्रह्मचारी भएर हो
ती किचकन्याले जति फकाए पनि
सधै टाढाटाढा भएरबसे
मरुन्जेलसम्म पनि ऊसँग
न उठबस गरे, न मायाजालमा फसे
देउवा रहेछन् लठकनारायण
लट्ठ परेर लम्पसार परी पो माया गरे
के छोड्थी र किचकन्याले
दिई दरो डेथकिस
बिचरा पाँचबर्षलाई थला परे
सुनिन्छ इतिहास यहाँ
नेतादेखि राजासम्म
ती सुन्दरीलाई भेटेपछि जो मायाजालमा परे
उसको डेथकिसले कित थलापरे, कित मरे
बिपिले पनि त्यसै किचकन्या छोडि यता भाग्या होइनन्
जसले जे आरोप लगाए पनि मेलमिलापमा त्यसै लाग्या होइनन्
तपाईं पनि ती किचकन्या भेटेपछि
दङ्ग परेर फेरि मायापिरम गर्नुहोला
होसियार है मित्रहरू
फेरि उसको डेथकिसले थला पर्नुहोला ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































