साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनको अण्डा

Nepal Telecom ad

अंग्रेजी आलेख : गोल्डेन बल्स

कुनै एक समय एउटा गाउँमा एउटा ज्यादै गरिब किसान बस्थ्यो । उसलाई जति काम गरे पनि कहिल्यै खान पुग्दैनथ्यो । {{read_more}} उसले एक दिन एउटा जमिन्दारकोमा गएर दिनभर काम ग¥यो । जमिन्दारले उसको कामको ज्याला दुई माना चामल दिएर पठायो । त्यो गरिब किसान चामलको पोको बोकेर घरतिर लाग्यो ।

उसको घर निकै टाढा थियो । घर जाँदाजाँदै बाटामा साँझ पर्न लागेको थियो । उसले गरेको दुःख आकाशबाट महादेव र पार्वतीले देखिरहेका थिए । उसलाई यस्तो दुःखी देख्दा पार्वतीलाई दया जाग्यो । पार्वतीले महादेवसँग त्यस किसानलाई दुःखबाट मुक्ति दिलाइदिन बिन्ती गरिन् । महादेवले पनि “लौ न त” भन्दै एउटा किसानको रूप धारण गरेर काखीमा एउटा कुखुराको पोथी च्यापेर किसानको छेउमा गए र चामल र कुखुरो साट्ने प्रस्ताव गरे । किसानले पहिले त बेलुका पकाएर खाने चामलै नभएकाले साट्न आनाकानी ग¥यो तर महादेवले कुखुराले बिहान बिहान सधैं सुनको अण्डा पार्छ भन्ने जनाएपछि भने ऊ चामल महादेवलाई दिएर कुखुरो च्यापी घरतिर लाग्यो ।

किसान घरमा त पुग्यो । उता उसकी श्रीमती र केटाकेटी भने चामल ल्याउला र बेलुकाको भोक टारुँला भन्ने आसमा उसलाई कुरिरहेका थिए । किसानले चामलको सट्टा कुखुराको पोथी च्यापेर आएको देख्दा उनीहरू पनि निराश भए । किसानले उनीहरूलाई सम्झाउँदै भन्यो “हेर, एक रातको कुरा हो । यो कुखुराले बिहानै बिहानै सधैं सुनको अण्डा पार्छ । अहिलेलाई यसो कतै बाँकी रहेको पिठोसिठोको खोले बनाओ । त्यसैले छाक टारौं । बिहान भएपछि त सुनको अण्डा पाइहालिन्छ !”

घरमा दुईचार मुठी चामल मात्र थियो । त्यसैको खोले बनाएर बाँडेर खाएर उनीहरूले त्यस दिनको छाक टारे । नभन्दै बिहान उठेर हेर्दा कुखुराले सुनको अण्डा पारिराखेको रहेछ । सबै खुसी हुँदै त्यसलाई बजार लगेर बेचे अनि आवश्यक चिजबिज र खानेकुरा किनेर ल्याए । यसरी नै दैनिक रूपमा उनीहरूले आफ्नो गुजारा चलाउँदै लगे ।

कुखुराले दिनैपिच्छे एकएकवटा सुनको अण्डा दिइरह्यो । सुनका अन्डा बेच्दाबेच्दै किसानको घर आवश्यक अन्नपात, धनधान्य तथा किमती वस्तुले सजिसजाउ भयो । यसरी त्यो दुःखी किसान पार्वती र महादेवको कृपाले सम्पन्न मान्छे बन्यो । उसले अर्को एउटा भव्य नयाँ घर पनि बनायो । आफूलाई आवश्यक पर्ने खेतबारी पनि जोड्यो । घरमा घोडा, गाई, भैंसी, बाख्रा चाहेजति भए ।

दिनैपिच्छे एउटा एउटा गरेर सुनको अण्डा बजार लगेर बेच्दाबेच्दा अब किसानलाई दिक्क लाग्न थाल्यो । उसले सोच्यो “यो लोभी कुखुराले त्यत्रा औधी सुनका अण्डा पेटभित्र राखेर दिनको एउटा मात्र दिन्छ । एकै पटक सबै दिए त हुन्थ्यो नि !” उसले यो कुरा उसकी श्रीमतीलाई पनि सुनायो । स्वास्नीचाहिँले भनी “तर त्यस कुखुराको पेटभित्रका सबै अण्डा चाहिँ कसरी निकाल्ने त ?”

“अँ, एउटा उपाय छ । हामी गाउँको मुखियाकोमा जाऔं । हुन सक्छ उसले हामीलाई ती सबै सुनका अण्डा निकाल्ने उपाय बताउला !” त्यस लोभी किसानले श्रीमतीसँग भन्यो ।

त्यसपछि दुवै दम्पती त्यस गाउँबुढाकोमा आवश्यक परामर्श लिनका लागि गए । गाउँबुढाले भन्यो “भन्नुहोस्, कति कामले आउनुभयो ? म तपाईंहरूलाई के सहयोग गर्न सक्छु ?” उनीहरूले त्यस गाउँबुढालाई आफ्नो सबै कुरा भने र कुखुरीको पेटबाट एकै पटकमा सबै सुनका अण्डा निकाल्ने उपाय बताइदिन आग्रह गरे । गाउँबुढाले उनीहरूको मूर्खता देखेर रिसाउँदै भन्यो “हैट् ! तपाईंहरू त कस्तो मूर्ख मान्छे ? त्यस्तो कुरा पनि कहीँ सम्भव हुन्छ ? एकै पटकमा कुखुराका पेटबाट सबै अण्डा निकाल्न सम्भवै हुँदैन । म तपाईंहरूलाई यस कुरामा सहयोग गर्न सक्दिनँ । तपाईंहरू जानुहोस् । यो त मूर्ख विचार मात्र हो ।”

किसान दम्पती निराश हुँदै घर फर्के । तर, उनीहरू त्यसै भने बसेनन् । उनीहरूले अब आफ्नै बुद्धिले भए पनि केही नगरी नछोड्ने निधोमा पुगे । बुढीचाहिँले भनी “अब के गर्ने त बुढा ? कसरी सबै अण्डा बाहिर निकाल्ने त ?” बुढोचाहिँले केही बेर गम्यो र गम्भीर हुँदै भन्यो “अँ एउटा सजिलो उपाय छ, अब कुखुराको पेट काटेर सबै अण्डा बाहिर निकाल्ने ।” “हो बुढा, ठिक भन्यौ ! त्यसै गर्दा ठिक हुन्छ ।” बुढीचाहिँले बुढाको कुरामा सही थापी ।

दुवै भएर कुखुराको भुँडी काटे । कुखुरो म¥यो तर त्यसको भुँडीमा एउटै पनि सुनको अण्डा थिएन । यसरी ती दुवैको दुर्बुद्धिले गर्दा प्रतिदिन प्राप्त हुने सुनको अण्डा सधैंका लागि गुम्यो । धेरै लोभ ग¥यो भने पनि नोक्सान हुन्छ । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेको यही हो ।

अनुवाद : गंगाप्रसाद अधिकारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x