साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको ६६ औँ साहित्यिक अनुष्ठान

Nepal Telecom ad

काठमाडौं, २०७४ माघ २० । एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको छैसठ्ठीऔँ रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो ।{{read_more}} प्रतिष्ठानले height= हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको दशौँ माघ महिनामा लघुकथा विधाको पालो परेको हुँदा लघुकथालाई प्राथमिकता दिइयो । 

गोष्ठीमा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख अतिथि गोविन्द वेदमणि घिमिरेको प्रमुख आतिथ्यमा लघुकथा, गीत, गजल तथा कविता वाचन भव्यरूपमा सम्पन्न भयो । रचनाहरूमा राष्ट्रभक्ति, जनचेतना मूलक, समाजिक बिकृति बिरुद्ध प्रहारको भाव र समसामयिक विषयकेन्द्रित थिए । 

कार्यक्रममा रचना वाचन गर्ने भूवनहरि सिग्देल, गोविन्द वेदमणि घिमिरे, जगदीश्वर पोखरेल, रमेशप्रसाद गौतम, भगवती रोका भूमिका, बिनुबाबा घिमिरे, पुष्पा धमला, देवकी ढुङ्गाना, सुनिता सापकोटा, लिलाधर पाण्डे, ठाकुरप्रसाद प्रधान, विजयराज न्यौपाने, उत्तम विचार, हरिप्रसाद पाण्डे हुनुहुन्थ्यो ।

यसै गरी आफ्ना रचना वाचन गर्ने स्रष्टाहरूमा केरा अर्याल, पुरुषोत्तम सिग्देल, जनकराज अधिकारि, अगन्धर अधिकारी, बालकृष्ण सुवेदी, पूर्णप्रसाद पन्त, मुकुन्द पौडेल, चूडा निर्भीक, मुकुन्द न्यौपाने, निर्मल पराजुली, दुर्गा रिमाल, एसपी आशा, शशी थापा पण्डित, रुद्र अधिकारी, गङ्गा आचार्य, सानु शर्मा, रीता खतिवडा, उदास, कार्की, गिरिराम सेढाई हुनुहुन्थ्यो । श्रोताको भूमिका दामोदर घिमिरे र जितु खड्काले निरवाह गर्नु भएको थियो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको बारेमा बोल्नुहुँदै हरेक महिनामा फरक विधाका रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने बताउँदै अभ्यागतहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो । 

प्रमुख अतिथि वेदमणि घिमिरेले लघुकथा व्यङ्ग्यात्मक हुनुपर्छ भन्नु भएको थियो । सभाध्यक्ष भुवनहरि सिग्देलले आफ्नो धारणा व्यक्त गर्नु हुँदै सहभागीहरूलाई धन्यवाद दिएर सभा विसर्जन गर्नु भएको थियो ।
–जगदीश्वर पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x