साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली विषय प्रवर्धनका निमित्त ऐक्यबद्धता

Nepal Telecom ad

जेठ ८, भैरहवा ।  माध्यमिक तहका कक्षा ११ र १२ मा अनिवार्य विषय राख्नैपर्ने भनी थालिएको राष्ट्रव्यापी अभियानप्रति यस क्षेत्रका शिक्षण तथा साहित्यिक संस्थाहरूले समर्थन तथा ऐक्यबद्धता {{read_more}} प्रकट गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् । रूपन्देहीको जेठो साहित्यिक संस्था सिद्धार्थ साहित्य परिषद्को निर्णयानुसार परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले तथा प्रश्रित प्रतिष्ठान नेपालको निर्णयानुसार प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले पाठ्यक्रम विकास केन्द्रमा कक्षा ११ र १२ मा १००।१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय राख्नैपर्ने भनी पत्राचार गरेका छन् । 

यसैगरी ‘नेपाली विषय अनिवार्य नै रहोस्’ भनी भैरहवा बहुमुखी क्याम्पसका ७१ जना प्राध्यापक तथा कर्मचारीले एक प्रेस–विज्ञप्ति प्रकाशित गरेका छन् । 

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले यसअघि आफ्नो वेभसाइटमा माध्यमिक शिक्षाको राष्ट्रिय प्रारूपमा नेपाली विषयलाई ५०।५० पूर्णाङ्कको वा कुनै एउटा कक्षामा १०० पूर्णाङ्कको मात्र गर्ने प्रस्ताव सार्वजनिक गर्दै सुझाउ आह्वान गरेको थियो ।

यसअघि भैरहवा बहुमुखी क्याम्पस, नेपाली विभागले सबै धारमा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्क वा ४।४ पाठघन्टा (क्रेडिट आवर) मा अनिवार्य नेपाली विषय राख्ने व्यवस्था गर्न अनुरोध गरी पाठ्यक्रम विकास केन्द्रमा पत्राचार गरिसकेको छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x