साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातेको मान्छेको तीनवटा कुरा 

Nepal Telecom ad

धेरै मदपानले मातेको मान्छेको तीनवटा कुरा  height=
ऊ आफै नमातेको बेला भन्दा स्पष्ट ख्याल गराउँछ ! {{read_more}}

उसको जिब्रो लट्पटाउँछ, 
कुरा राम्रो र असल गर्छु भन्दाभन्दै पनि
सोंचाई र मनशाय मीठो हुँदाहुँदै पनि 
कुरा भने, मनशाय र रहर बाहिर खुस्किएर 
आवाज लट्पटाये जस्तै  
आफै गड्बडाउँछ !

मदपानले मस्त मदहोश भएको मान्छेको 
सोंचाई र मनशायले 
यहाँ टेक्छु, यहाँ हिंड्छु, यहाँ जान्छु भन्ने 
रहर हुँदा हुँदै पनि 
उसको खुट्टा लर्बराउँछ
प्रत्येक टेकाइ, प्रत्येक छट्को हाल्ने प्रयाश 
किन किन आफ्नो सोंचाई र रहरलाई बिद्रोह गर्दै 
बाङ्गो, टेङ्गो, शरीर शबलाई हल्लाउँदै, लड़ाउँदै,
असन्तुलित, सारा शरीर, 
कहिँ यहाँ भनेको ठाउँमा उहाँ टेक्दै 
अनि त्यसलाई सच्याउने रहर र मनशायमा 
पुरा शरीर मध्य सडकमा सयौं बर्षको धूपीको रूख 
कसैले मन नरही नरही झ्याम्म ढाले जस्तै 
खुट्टा, पैताला अनि मनले थाम्नै नसकी ढले जस्तो,
मन, रहर अनि मनशाय, 
आफूबाट बिच्किएर गए जस्तो
बिच्किएर आफैलाई ढलाए जस्तो !

मातेको मान्छे, धेरै मातेपछि,
जिब्रो लट्पटाउँछ, खुट्टा लर्बराउँछ,
त्यो भन्दा पनि जटील कुरा 
ऊ म अहिले कहाँ छु, म कहाँ छु 
अनि जाने कहाँ ?
मलाई हजार पटक हिंडेको बाटोलाई कराएर सोध्छ 
म जाने कहाँ ?
मेरो बाटो कहाँ ?
मेरो घर कहाँ ?
हिजोसम्म तिमीले लगेको मेरो आफ्नो आफ्नै ठाउँ, 
मेरो गन्तब्य, आज कहाँ ?

मातेको मान्छे, 
गन्तब्य र सार्थकताको कुरा नबिर्से पनि,
शब्द अनि जिब्रो लर्बराउँछ, कसैले नबुझ्ने गरि, 
रहर, मन र घर जान हरेक पटक खुट्टा चाल्दा, 
आफ्नै खुट्टामा अल्झिएर बारम्बार लड्छ पनि,
घर जाने रे, 
दिशा दिग्भ्रम,  
हरेक पटक लडेर उठेपछि उसलाई, 
म अब कतापटि कुन दिशामा  
पाइला उठाउन भनेर 
अर्को फेरि लर्बराउने पाइला टेक्ने रे !

बर्गेन, नर्बे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x