साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्मपुर

Nepal Telecom ad

एकादेश कुनै अचम्मपुरमा बस्थे सयौं बाँदर  height=
यौटा बाँदर प्रश्न गर्छ– “पुरको नेता म जस्तै छ र ?” {{read_more}}
नेता क्रुद्ध भएर डाक्छ मुखिया, तत्काल गुन्ज्यो स्वर
“छैनौ बाँदरझैँ तिमी, तर तिमी जस्तै छ त्यो बाँदर”
।१।

खान्छन् बाँदरले मिठा फल गरा–छाँगाहरूमा पसी
नेता गर्छ बजेटपान दलका हाँगाहरूमा बसी
लामो पुच्छर हुन्छ बाँदर भए, खै पुच्छ तिम्रो छ र ?
“छैनौ बाँदरझैँ तिमी, तर तिमी जस्तै छ त्यो बाँदर”
।२।

झन् आफ्नो घर हुन्न छन् घर भने भत्काउँछन् बाँदर
भत्काएर खला बला मुलुकको तिम्रो छ अग्लो घर
उस्तै हुन् कसरी भनूँ फरक छन् जत्था जरा जाँगर 
“छैनौ बाँदरझैँ तिमी, तर तिमी जस्तै छ त्यो बाँदर”
।३।

भुल्छन् बाँदर कन्दमूल फलमा मान्दै नमानी धक
तारेहोटल मांस मत्स्य मदिरा तिम्रा सधैं सेवक
डुल्छन् बाँदर भीरमा तर तिमी छौ मस्त तारेघर
“छैनौ बाँदरझैँ तिमी, तर तिमी जस्तै छ त्यो बाँदर”
।४।

हाँस्छन् बाँदर ङिच्च ङिच्च रुखमा हेर्नेहरू छक्क छन्
कुर्सीआसनमा मुसुक्क सुकिला नेताहरू मख्ख छन् 
हेर्दा हास्यकला दुई समुहको देखिन्छ सूक्ष्मान्तर
“छैनौ बाँदरझैँ तिमी, तर तिमी जस्तै छ त्यो बाँदर”
।५।

“नेताको अपमान गर्छ मुखिया“–गुन्जिन्छ चर्को स्वर
“खिल्ली बाँदरको उड्यो सरम भो”– भन्दै उठे बाँदर 
हेर्दैमा अबरुद्ध बैठक बन्यो बढ्दै गए बेथिति
दोस्रो बैठक बस्छ “भोटपुर”मा तत्काल तोक्दै मिति 
।६।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x