साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो लडाईं भ्रष्टाचार विरुद्ध

Nepal Telecom ad

सम्माननीय राष्ट्रपति भन्नुहुन्छ  height=
देशमा भ्रष्टाचार छ
सम्माननीय प्रधानमन्त्री भन्नुहुन्छ {{read_more}}
देशमा भ्रष्टाचार छ
प्रतिपक्षी नेताले,
एताले तेताले सबैले भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
हैन, त्यो भ्रष्टाचार चैं बस्छ कहाँ ?

सुन्नु हुन्छ ? 
त्यो भ्रष्टाचार कहाँ बस्छ ?
ल सुन्नुहोस्
भ्रष्टाचार इस्टिमेटमा छ
भ्रष्टाचार डि पि आरमा छ
भ्रष्टाचार खरिद बील बजेट र ब्यापारमा छ ।
भ्रष्टाचार कमिसनमा छ
सेवग्राहीलाई अनावश्यक दुख दिने मिसनमा छ
नियम भूत देखाएर
साउनदेखि चैतसम्म झुलाउँने नियतमा छ
अधिकारीको इधर उधर कैफियतमा छ
पाइला पाइलामा छ भ्रष्टाचार ।

मेयर साबको कमजोरीमा छ
इन्धन तेल चोरीमा छ
एक चौथाई मात्र भ्याट तिर्ने ब्यापारीमा छ
ठूला बडाको सवारीमा छ
ढिला सुस्तीमा छ
पक्ष प्रतिपक्षको कुस्ता कुस्तीमा छ
रिक्सा ठेलामा छ
देश विदेश यात्राको झमेलामा छ
पानीमा छ बिजूलीमा छ
तमर काबेली र त्रिसुलीमा छ ।

सबैको अङ्गालोमा
हर नदीको भङ्गालोमा
लुटको गीत विरुद्धको गालीमा
गालीको विरुद्ध बजाइएको तालीमा
हर गल्लीमा
सुनमा नुनमा 
यत्र तत्र सर्वत्र छन भ्रष्टाचारकै धूनमा 
जहाँ न पहुँचे तमोहारी
वहाँ पहुँचे भ्रष्टचारी ।
त्यसैले
आदरणीय श्रद्धेय
नेतागण आफ्नू भाषणमा भन्नुहुन्छ
देशमा भ्रष्टाचार छ
तर
भ्रष्टाचार अन्त्य गर्ने कस्ले ?

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x