सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उहाँ महान् हुनुहुन्छ

Nepal Telecom ad

 height=सुन्नु है त,
एउटा कालो मान्छेको 
सेतो कथा भन्छु । {{read_more}}

उहाँ साँच्चै महान् हुनुहुन्छ, 
खातिरदारीमा सधैं अग्गा
मान्छे रिझाउनमा खूब तगडा
उहाँ विशिष्टताको मुहान हुनुहुन्छ ।

छातिभरि कपटको जालो बोकेर
रातो गलबन्दीले गलगाँड छोपेर
मनको मैदान निखुर कालो
उहाँका प्रिय छन् साली अनि सालो
झुट र बेइमानीको ठेगान हुनुहुन्छ
उहाँ साँच्चै महान् हुनुहुन्छ 

टेको बिना अड्नै सक्नुहुन्न
पाङ्ग्रा नभै गुड्नै सक्नुहुन्न
दर्शन उहाँकै, दिग्दर्शन उहाँकै
टुप्पाबाट पलाएर आफै
नाम्लेफेद बन्नु भएको छ
टुप्पो गिँडेर फेद फाल्नु हुन्न
षड्यन्त्र बाहेक अरु केही पाल्नुहुन्न
आफनैहरुलाई लडाएर धुलोमा 
आफै न्यायकर्ता बन्नुहुन्छ, 
आफै निसाफ कन्नुहुन्छ
उहाँ साँच्चै महान् हुनुहुन्छ 

पद छ, प्रतिष्ठा छ
सान सौकत सबै दुरुस्त छ
बौद्धिकताको निसानी उहाँ
विद्वताको कमानी उहाँ
ताल पारेर ऐनमौकामा झ्याप्प हान्नुहुन्छ
आफू बाहेक सबैलाई पटमूर्ख ठान्नुहुन्छ
उहाँ साँच्चै महान् हुनुहुन्छ ।

रात उहाँकै, दिन पनि उहाँकै
भएभरको सुदिन जति सब उहाँकै
सूर्य पनि सधैं दाहिने
चन्द्र पनि सधैं दाहिने
यता फर्के पनि, उता फर्के पनि
पद उहाँलाई कति चाहिने ?
उहाँ यो देशको दामपन्थी हुनुहुन्छ
उहाँ यो देशको हामपन्थी हुनुहुन्छ
ए गणतन्त्रका पहरेदार हो !
उहाँ जनप्रिय बामपन्थी हुनुहुन्छ 
त्यसैले उहाँ महान् हुनुहुन्छ ।

कलङ्की, काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad