साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ हाकिम त्यसरी मुस्कुराए

Nepal Telecom ad

 height=हामी स्वागतमा उभिएका थियौँ ;नयाँ हाकिम एकपल्ट मुस्कुराए । उनले देब्रे हात मुड्की पारेर हावामा उचाले, तनक्क तन्किएर जिउ उचाले अनि थचक्क कुर्सीमा बसे । {{read_more}} 

बिस्तारै कार्यालयमा क्रान्तिकारी परिवर्तन ल्याउने तर्फ म उन्मुख भएँ । यो नयाँ हाकिमको प्रतिज्ञा थियो । लेखाप्रमुख सँग सल्लाह गरेँ, वास्तवमा लेखा र प्रशासनको सहयोग बेगर हाम्रो देशका कुनै पनि कार्यालयमा परिवर्तन हुन सक्दैन ।

पहिलो दिन चिया खाजाको मौका पारेर नयाँ हाकिमकोमा पसेँ । उनी अझै अप्ठ्यारो मानेर बसिरहेका थिए । खाजा आयो । ठिक त्यसैबेला उनको टेबलमा एउटा लाभ्रेकिरो सरसर कुध्न थाल्यो ।

‘यो त भएन नी गोपीजी, खाने बेलामा यस्तो घीनलाग्दो ’ नयाँ हाकिम बोले ।
म झसङ्ग भएँ । पीएलाई बोलाँए, पीएले गार्डलाई बोलाइन् । गार्डहरु उफ्रेर त्यहीँ पुगे । गार्डले कुचीकारलाई बोलाए । एकै छिनमा १५–२० जना भेला भएपछि बल्ल लाभ्रेकिरो बढारेर पन्छाइयो ।

हाकिम तर्छिरहेका थिए । मैले सुटुक्क उनलाई भनें ‘हाकिम सर, यो अघिल्ला हाकिमको अवशेष हो ।’
‘कसरी ?’ उनले जिज्ञासा राखे ।
‘ती गमलामा दिनदिनै नयाँ फूल रोप्नु पर्ने, पुराना उखेल्नै पर्ने, मरेका फूल र पात टक्टक्याउदँै, लाभ्रेकिरा झार्दै, उर्वरक मल भ¥यो, पानी भ¥यो, पाँचजना माली दिनरात खटाउनु पर्ने । अघिल्लो हाकिमलाई हामीले भन्यौं— ‘आज हङकङ, सिङ्गापुर, जापान, थाइल्याण्ड र चाइनाका उत्कृष्ट फूलहरु बजारमा किन्न पाइन्छ । अनेक रङ्गका, आकारका, साइजका । एकपल्ट खर्च गरौं, त्यो सस्तो पर्छ । तर अघिल्लो हाकिमलाई लाभ्रे किराबाटै फाइदा हुने हुनाले हाम्रो प्रस्ताव मानेनन् ।’

त्यसपछि नयाँ हाकिमले गम्भीर हुदैं भने ‘गोपीजी, जे गर्नुपर्छ गर्नोस्, म तयार छु तर क्रान्तिकारी परिवर्तन नल्याई हुदैंन यो कार्यालयमा ।’ 

त्यसको सात दिन भित्र लेखाप्रमुखलाई लिएर म असन इन्द«चोक पसें, विशाल बजार, काठमाण्डौ मल, भाटभटेनी, सारा घुमें र एकट्रक फूलहरु किनियो । कोही  लहरे, कोही सुनाखरी, कोही बारमासे — अनेक ।

शनिवारको दिन ओटिमा पचासजना ज्यामी र माली बोलाएर कार्यालय परिपरिको सम्पूर्ण फूलबारी समाप्त गरायौँ, गमला फुटायौं, माटो झा¥यौं, सम्यायौं, इँटा ओछ्यायौं — यो एउटा क्रान्ति थियो । 

आइतबारको दिन सारा छक्क परे— पित्तलका गमला, टिलिक्क टल्केका । रङ्गीचङ्गी फूल, लहरा, पात, झुप्पा, फलिरहेका आँप र दारिम — कल्यिै नझर्ने, नमर्ने, कुनै लाभ्रेकिरा नचढ्ने । नयाँ हाकिम प्रसन्न भए तर उनले कमेन्ट गरे— ‘वासना मात्रै नहुने यो अरु ता भव्य । काठमाण्डौमा हाम्रो अफिस भव्य भयो, सिंहदरबारलाई जितेन गोपीजी ?’
‘नेपालभरिमा यस्तो उत्कृष्ट कार्यालय अर्को छैन हाकिमसाप ’ मैले थपेँ ।

केही निकृष्ट कर्मचारी खासखुस पनि गर्दै थिए तर हामीले वास्ता गरेनौं ।
नयाँ हाकिमको टेबलमा यस्तै फूल राख्यौँ, भित्ताभरी अङ्गुरका झुप्पा र सुन्तलाका रुख टाँस्यौं, त्यहीँ सुनाखरी झपक्क फुले । त्यो देखेर उनी प्रसन्न भएको बुझे पछि मैले भनेँ— ‘सर गार्डेन त ठिक भो, अब दुइटा कुरा बदल्नु छ ।’‘के के भन्नुस् मात्रै गोपीजी ?’
‘यो हजूरको कोठा भएन, माथि हलमा सारौं, यी कुहेका फर्निचर फालेर नयाँ राखौँ अनि यो पीए भइन । छ महिनाको नानी छ, दूध खुवाउन जान्छु भन्दै भागिरहन्छे । त्यसले गर्दा कार्यालयमा नराम्रो असर पर्न गएको छ ।’
‘तपाईं अघि बढ्नोस्, म भएँ ’ नयाँ हाकिम बोले ।

त्यसपछि एक शनिवार पारेर हामीले अर्को क्रान्ति ग¥यौं । नयाँ हाकिमको कोठा माथिको हलमा सा¥यौँ । त्यहाँ भएका सम्पूर्ण कार्पेटहरु उक्कायौँ, टेबल कुर्सी, फर्निचर, दराज, भित्ताका तस्वीर सारा पाखा निकाल्यौं । त्यतिमात्र होइन कतिपयले आफ्नो कोठाका सारा फर्निशिङ्ग उक्कायौं, टेबल कुर्सी निकाल्यौं । हाकिमको भने नयाँ कम्प्युटर, नयाँ टिभी, नयाँ साउन्ड सिष्टम, नयाँ टेलिफोन सेट — सारा अर्कै भयो ।    

दुइतीन ट्रक नयाँ सामान आए। त्यति नै सामान सेलाउन पठायौँ । ती हाम्रा घरघरमा पुगे । बूढो पियन भन्दै थियो — यो ता भएन हजूर, मेरो भागाँ एकसेट सोफा र एउटा पुरानो दराज पर्ला भनेको ; त्यो गार्डले चाहिँ एक ट्याक्सी नै लग्यो… ।’

मैले उसलाई हकारेँ ‘बूढामान्छे राम्रो काम गर, अर्को नयाँ हाकिमका पालामा तिमीलाई विचार गरौंला ।’
भोलिपल्ट हाकिम सवारी भएर दङ्ग परे । अब आउने आइतबार निरीक्षण गर्न मन्त्री आउने भए । मैले नयाँ हाकिमलाई भनेँ— ‘दुईतीनवटा काम युद्धस्तरमा गर्नु प¥यो हजूर ।’
सर्वप्रथम मैले त्यहाँको फिल्टर प्लान्ट उक्काएर होम प्याक गरिदिएँ अनि भनेँ ‘यसरी डाइरेक्ट लाइनको पानी पिउनु हुदैंन । वहाँ प्रधानमन्त्री निवासमा एकैचोटि २२ जनालाई जन्डिस भएको थाहा छ छैन ? भोलि देखिन हामी मिनरल वाटर नै मगाउने ।’

सबै चूप लागेका थिए । छुचो खरदार बोल्यो — ‘गोपी सर, उसोभए यो वाटर प्लान्ट चाहिँ हाम्रो क्यान्टिनमा जडान गरौं, त्यत्रो लाख रुप्प्याँ पर्ने प्लान्ट राखेको चार महिना पुगेको छैन ।’

मैले भनेँ ‘त्यो कवाडीमा गइसक्यो, कता क्यान्टिनमा !’ (मैले आफ्नो घरमा लगेँ भन्नु आवश्यक थिएन, बोल्न नसके पनि एकदुई गार्डलाई थाहा थियो । मैले उनीहरुलाई भनेको थिएँ— ‘यो हल्ला भएछ भने संझिनू– जागीर समाप्त भयो ।’)

अनि मैले नयाँ हाकिमलाई भनेँ ‘यहाँ पीएको लागि ता मिस नेपालका विजेतालाई मात्र राख्ने । अफिसको इज्जत चाहिएन हजूर, मन्त्रीज्यूको सवारी हुदैँछ, नानीकी आमालाई पीए देख्ता के भन्नु होला ?’

मैले तुरुन्तै हाकिमको आदेश लिएर सूचना गरें । एकसेएक ब्यूटि क्वीनले निवेदन दिए । एउटी मिस नेपाल रनरअप थिइन्— मिस क्विन्सिया । तिनैलाई अन्तर्वाताद्वारा छनौट गरी पीएमा नियुक्ति गराएँ अनि नानीकी आमालाई भण्डार शाखामा सरुवा गरिदिएँ ।

अफिस अर्कै भयो । सारा कार्यालय न्यू फर्निशिङ्गको बिल आयो, भित्तामा चूना, भूइंमा कार्पेट, नयाँ टेबल कुर्सी, सारा नयाँ जगमग, जगमग ।

नयाँ ब्यूटि क्वीन पीए र अफिसमा सानले बसेका हाकिम । पुराना टेबलकुर्सी समाप्त भए, जग, थर्मस, गिलास, कुचा, बाल्टी, डष्टविन्, बिजुलीका सारा बल्बहरु, फिलर प्लान्ट सारा टूटे । एकैचोटि पाँचवटा मोटरसाइकल र हाकिमको लागि नयाँ कार पनि आइपुग्यो ।

मानिस निकै खासखुस गर्थे । तर म डगेको थिइन । यी सारा आदेश र निर्णयमा नयाँ हाकिमको हस्ताक्षर थियो । त्यो दिन निरीक्षणमा मन्त्री आउने भए । मैले अनेकौं गार्ड, पिउन र कुचिकार उतारेँ । तिनीहरुलाई एकएक अत्तरका सिसी दिएर प्रतयेक बोटमा बेग्लाबेग्लै सेन्ट छर्किन लगाएँ ।

मन्त्री आउँदा मगमग मगमग… मान्छे लडाउने अत्तरले फूलबारी ढाक्यो । अलेलि बतास पनि चल्यो । प्लाष्टिकका बोट जवर्जस्ती हल्लिए — खोसेला बजेजस्तो आवाज भयो । नयाँ हाकिमले मन्त्रीलाई भन्दै थिए— यो सारा, आमूल परिवर्तन, मैले गराएको हँु… तर मन्त्रीले केही बुझिरहेका थिएनन् ।

हाकिमको रुमसित जोडिएको किचनेटमा हरेक सामान थियो । ब्यूटि क्वीन त्यहाँ पसिन्, फ्रिज खोलेर एकएक गिलास म्याङ्गो शेक ल्याइन् र टेबिलमा राखिन् । त्यसबेला मैले भने ‘मन्त्रीज्यू, ब्यूटि क्वीनका हातको यो सर्वत लिस्योस्न… ’
‘धन्यवाद…’ क्वीनतिर हेरेर मन्त्रीले टाउको उठाए । 

भोलिपल्ट अखबारमा छापियो— ‘एक महिनामा चालीस लाख झ्वाम्’ । तल्तिर खबरमा हाम्रा नयाँ हाकिमको नाम थियो । यो सारा सही गर्ने उनै थिए ।

सधैं १० बजे कार्यालयमा पुग्ने नयाँ हाकिमको १२ बजेसम्म पत्तो थिएन । तल हावामा प्लाष्टिकका खोसेला बजिरहेका थिए ।  

(धुम्रलोचन शर्मा उर्फ टियर पोयट फ्रम द इष्ट)

२२ साउन २०६४
फित्कौली– २०६४ मा प्रकाशित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x