साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ४४औं शृङखला 

Nepal Telecom ad

 height=मनोहरा साहित्य समाजको ४४औं शृङखला जेठ ११ गते रचना वाचन कार्यक्रम गरी सम्पन्न भयो । {{read_more}} साहित्य समाजको संयोजक डिल्लीराज अर्यालको अध्यक्षता र साहित्यकार शीतल गिरीको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहमा साहित्यकार माधव काफ्ले प्रमुख अतिथि साथै सुमी लोहनी, रमेश समर्थन, प्रोल्लास सिन्धुलीय, डा.चिरञ्जीवी रेग्मी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 

उक्त रचना वाचन कार्यक्रममा प्रमुख अतिथी माधव काफ्लेले साहित्यकारको साधनामा कमी भए साहित्य गतिलो बन्न सक्दैन, कविताको शक्ति र शौन्दर्य साधनाबाट मात्र प्राप्त हुन्छ भन्दै विशद चर्चा गर्नुभयो । मनोहरा साहित्य समाजका सदस्य सम्पत काफ्लेको छन्द कविता वाचनबाट थालनी गरिएको गोष्ठीमा करिब दुई दर्जन स्रष्ठाले कविता, गीत, गजल, मुक्तक, हाईकु वाचन गरेका थिए । 

कवि प्रोल्लास सिन्धुलियले आजको कविताको विषयमा सामान्य चर्चा गर्नु भयो । सो कार्यक्रममा अनुराग अरूण, ओमप्रसाद कोइराला, थरेन्द्र बराल, डिल्लीप्रसाद मूलतिहुन, गोविन्द नेपाल, प्रकाशमणि दाहाल, कृष्ण गौतम, राजबाबु श्रेष्ठ, छविरमण सिलवाल, जसध्वज गुरुङ, पुरुषोत्तम सिग्देल, गोपाल अश्क, पुरुषोत्तम ज्ञवाली, डा.खगेन्द्र शर्मा, प्रकाश बस्नेत गफाडी, घनश्याम प्रसाई लगायतले रचना वाचन गरेका थिए । अतिथी रमेश समर्थनले मुक्तक, सुमी लोहनीले हाइकु सुनाउनु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x