साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चीँचीँ मुसी चीँ मुसी

Nepal Telecom ad

 height=भान्सारूप तमाम देशभरका कुर्सीहरूमा बसी
चिल्ला भाषणमा विकास(मसला नौनी बनाई घसी {{read_more}}
घुम्टो भित्र पसी पसी मुलुकको हड्डी र छाला चुसी
खेल्छन् खेल ठिटाठिटी मिलिजुली “चीँचीँ मुसी चीँ मुसी”
।१।

चल्छन् चाल चरा चलाख चतुरा चौतर्फ चारो छरी
चारो चाख्न झरी सुशासन चरी चर्केर च्याँच्याँ गरी 
च्याप्दै च्याप्प चरी चकोर बिचरी साला र साली खुसी
खेल्छन् खेल चराचरी मिलिजुली “चीँचीँ मुसी चीँ मुसी”
।२।

आफ्नै पक्ष सधैं तराजु रहँदा कानूनको के डर
उल्टो चक्र लिएर घुम्दछ सधैं वाल्मीकि(रत्नाकर
“बिर्को बन्द छ” भन्छ बोतल सधैं जाँच्दा अनेकौं ढुसी
खेल्छन् खेल ढुसेढुसी मिलिजुली “चीँचीँ मुसी चीँ मुसी”
।३।

देखिन्छन् सुकिला अनेक सपना कुर्सी हुँदा गर्भमा
कुर्सीको जब जन्म भो विगतको जिब्रो घुल्यो अर्बमा
जिब्रोको जब रूप फेर्दछ मुसो,खित्केर हाँस्छिन् मुसी
खेल्छन् खेल मुसामुसी मिलिजुली “चीँचीँ मुसी चीँ मुसी”
।४।

यौटा तस्बिर साथ छन्दलयमा संक्षिप्त सन्देश छ
छाम्दा दर्पण एउटा भुवनको हीरा सरी देश छ 
धिन्ताङ् ठोक्छ झुसे जसै सँगसँगै उफ्रेर नाच्छिन् झुसी 
खेल्छन् खेल झुसेझुसी मिलिजुली “चीँचीँ मुसी चीँ मुसी“
।५।
बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x