साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री भ्रष्टाचारजी आज्ञा गर्नुहुन्छ

Nepal Telecom ad

 height=धौलागिरी चढिसकेँ 
कान्चनजङ्घा चढिसकेँ 
अब सगरमाथा चढ्ने मन छ {{read_more}}
मौसम झन अनुकुल भाको बेला 
कसले नचढ भन्छ ?
मलाई पनि सगरमाथा चढेर 
गिनीज बुकमा नाम लेखाउनु छ 
नाइजेरिया, उत्तर कोरियालाई उछिनेर 
संसारमा नम्बर एक भइ देखाउनुछ 
धरो धर्म एक पटक मलाई नि 
सगरमाथाको चुचुरो चुम्न मन छ
तर बेला बेलामा आएर 
यो अख्तियार भन्ने पो बाधक बन्छ ! 
यसलाई पनि नसा हालेर मह चटाइ दिन्छु 
टुलुटुलु हेरिरहन्छ बच्चाले झै, मजाले लट्ठाइ दिन्छु 
खै क कसले उक्साइ दिन्छ 
कुम्भकर्ण झै निदाएको बेला भुत भएर जाग्छ 
बेला न कुबेला  आएर कागजातहरु माग्छ 
मेरो बिरोध गर्नेहरुलाई 
मेरा भक्तजनहरु मार्फत भेटी पठाइ दिन्छु 
जजसले लिन मान्दैन यो, उसका पछी 
मेनका ,रम्भा भन्दा राम्रा केटी खटाइ दिन्छु 
केन्द्र देखी गाउँसम्म म मौलाएको बेला 
भनी देउ है भक्तजन सबलाई 
जसलाई जे पनि गर्न सक्छु,बौलाएको बेला 
यहाँ कसलाई थाह छ् मेरो के कति दम छ
चन्डमुन्ड महिषाशुर भन्नेहरुको पनि 
मेरो अगाडि झिङ्गाको शक्ति भन्दा कम छ
मैले चाहे भने 
यहाँ दुई तिहाइ सरकार पनि ढालीदिन्छु 
मलाई रोक्न खोज्नेहरु सत्ताबाटै फाली दिन्छु 
अब मलाई सगरमाथा मात्र हैन चन्द्रलोक नै छुन मन छ 
हेर्दै जाउ न भक्तजन, को को मेरो बाधक बन्छ ।
दाङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x