साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलमान्डौको जलन

Nepal Telecom ad

 height=मेलम्ची किन चाहियो नगरमा ? खल्ती मुसारे भयो
छेवैमा जल(एटिएम् खुलिसक्यो सिक्का घुसारे भयो {{read_more}}
सुख्खा खाद्य दिँदैछ जो पसलले किन्दै चपाई बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस 
।१।

बोराको सुन चाहिए नजिकमै जाऊ विमानस्थल
पौडी खेल्नुपरे सबै सडकमा निस्शुल्क गङ्गाजल
कागे(स्नान जुरेन दैनिक भने पर्फ्यूम छर्की बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।२।

जोड्दा चार र तीन सात नभई सम्भावना बाह्र छ 
लाग्दा प्यास हँसाउने नजिकमै झन् बालुवाटार छ
पानी सञ्चय गर्नुपर्दछ लुगा छोटा लगाई बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।३।

ताली ठोक्न मिलेछ फुर्सद भने जानोस् खुलामञ्चमा
केजी क्विन्टलले हुँदैन टनको माला रहोस् मञ्चमा
हावा वा जल स्वच्छ खोज्छ जसले कोर्रा र मुड्की कस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।४।

खेलाडी यदि हेर्दछौ त बलिया जाऊ कबड्डीघर 
बाटो तीनकुने हुँदै निकटमै गर्जिन्छ बानेश्वर
हानाहान तथा कुटाकुट भए सेल्फी बटुल्दै बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।५।

हाँस्दै अक्षर पस्दछन् कलममा खित्केर हाँस्यो मसी
हाँसोमै कवि लुक्छ हास्यपुरको झर्नाहरूमा पसी
हाँसेको कविता छ हास्यरसमा चाखेर हाँस्दै बस 
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।६।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x