साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसपालिको असारे गीत

Nepal Telecom ad

 height=(काँठे, ठाडो, वा असारे भाका)

केको हल्लाखल्ला ल सुनका डल्ला नेपाल साह्रै धनी भो
लसुन फल्ने खेतमा, सुन आउने जेटमा नेपाल खुपै धनी भो {{read_more}}
लसुन रोप्ने हो कि सुनै रोप्ने हो कि व्यर्थै कान्ला खनियो ।

हाम्रो सरकार राम्रो, छँदै छैन चाम्रो 
किसानको समृद्धिमा हालिदिन्छ काम्रो
पछि हैन सधैँभरि अगाडि नै सर्छ 
किसानकै हित गर्न ऊ निर्णय गर्छ
खेत बाँझो राखे सरकारलाई हर्जाना तिर्नुपर्छ
कानून नै बनाएर जरिमाना ठोक्नुपर्छ 
कुलो खन्ने हैन, खेत रोप्ने बेला पानी पर्ने हैन
झोलाभरी पैसा बोकी मल किन्न जाँदा
एकै गेडो पनि मल किन्न पाइँदैन ।

तिम्रा कर्मचारी कति भ्रष्टाचारी ? मलै पनि खाँदा छन्
लुछाचुँडी उनकै, बाँडीचुँडी उनकै,  सोहोरेर लाँदा छन्
बिचौलियासँग  साँठगाँठ दरो नाफा उनै खाँदा छन् ।

नेताका पनि के पो कुरा गर्नु छ र 
चुनावका बेला भोट माग्न आउँछन् 
हाम्रै आँगन र घरतिर लरलर 
मलकै भारी बोकेर लान्थे परपर
हलो पनि समातेथे, भैसी पनि दुहेकाथे
यस्ता जाती मुन्छे भन्दै 
हामी पनि परेका थ्यौँ भर
अहिले भने फर्केर कहाँ आउँछन् र
राजधानीकै महलतिर गर्छन् लरबर
उल्टै हामीमाथि बढाउँदा छन् कर
हाम्रो समस्या सुनिदेउन भन्यो भने
बिनामेसै हुने गर्छन् जरजर ।

शहिद बने सालिक, नेता चाहिँ मालिक कस्तो भाग्य पाएछौँ 
व्यवस्थाको यन्त्र, कस्तो लोकतन्त्र लौ हामीले ल्याएछौँ
ए भनन जाली, भोट हाली हाली खानु गोता खाएछौँ !?

परिश्रम र पसिनाका बलले
गाई पाल्छौँ भैँसी पाल्छौँ 
भकारोमा ज्यानराखी 
हामी दुध उत्पादन गर्छौ
भाउ राख्छ दुग्ध विकास संस्थानले
उचित मूल्य छैन तर 
उसैलाई बेच्न बाध्य हुन्छौँँ
खनी खोस्री  पसिनाले माटो भिजाएर
काउली रोप्छौँ, बन्दा मुला टमाटर रोप्छौँ
एक रुपियाँ पो राख्छ भाउ 
कालीमाटीको मोटो साहु
उसैसँग कमिशन घिच्छ फेरि
त्यै छट्टु विचौलिया राहु
बेच्न भन्दा फाँड्न सस्तो, 
केको बेच्नु अब रोईरोई फाँड्छौँ
अर्को बाली लगाउन पैसो छैन रिण मात्रै काड्छौँ ।

लौन कसो गर्ने, हामी यसै मर्ने बरु लैजाऊ जिमिनै 
खुट्टा लुलालुला कुरा गर्छौ ठूला, सरकार ! लैजाऊ तिमी नै
हामी किसानको समृद्धि छ कता, देखाइदेऊ तिमी नै । 

कलङ्की, काठमाडौं
असार १४, २०७६

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x