साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा सरकार क्या सरकार

Nepal Telecom ad

 height=वा सरकार 
दुई तिहाइ बनेको क्या सरकार 
कसैले नभनोस् है, छ्या सरकार  {{read_more}}
विकासको गति बिस्तारै गर न भन्यो  
सरकारले विकाश त रकेट जस्तो कुदाउँछ 
हेर्दै जानुस् कुन दिन यसले काठमाडौंमा 
उत्तर र दक्षिणको रेल साँढे  झै  जुधाउँछ 
पहिले पहिलेका सरकार त लुते सरकार 
अहिलेको सरकार त फलाम जस्तो कडा सरकार
राजा बास्साभन्दा पनि बडा सरकार  
पत्रकारलेकै लेख्यो कि, नाकै भाचिदिने रे 
मानव अधिकारले बोल्यो कि, दाँतै भाँची दिने रे 
वा सरकार, क्या सरकार 
सरकार होस् त यस्तो पो सरकार 
जनतालाई के के चहियो ? माग्नु पर्दैन  
सरकारले आफै  ढ्वाङबाट नै फुक्छ  
बलात्कार, हत्या हिंशाको  त कुरै छाड्नुस् 
तपाईंलाई कसैले सुइले मात्रै घोच्यो त  
ट्याकर्याक्कै सरकार आपैm पुग्छ  
तपाईंको घर हुरीले उडायो ? 
के बाढीले बगायो ?
चिन्तै गर्नु पर्दैन 
त्योभन्दा राम्रो घर आजको आजै बन्छ 
भन्नुस् त यस्तो सरकारलाई, कसले नराम्रो भन्छ
यो सरकारलाई नराम्रो भन्ने त 
के त त्यो बौलाह हुनु पर्छ के सन्काह हुनु पर्छ 
के विपक्ष दलको नेता जस्तो झन्काह हुनु पर्छ  
ल हेर्नुस् त 
घुस, भ्रस्टाचार त, कुन चरीको नाम हो जस्तो
भाको छ
लगानी कुरा गर्नु हुन्छ भने  
देश विदेशबाट बाढी झैं आको आको छ  । 

नेता पनि कति महान्  
आफ्ना छोराछोरी ज्वाइँचेलालाई
बेरोजगार राखेर 
जनताका छोराछोरीलाई, 
पिय सल्लाहकार, सचिव बनाउँछन् 
यस्तो राम्रो काम गर्न पाएन भनेर,
प्रतिपक्षले पो टाउको कनाउँछन् 
वा सरकार, क्या सरकार 
जता गयो उतै, हाइ हाइ सरकार 
यस्तै चमत्कार गर्दै गयो भने चुनाव हुनु पर्छ 
बेर लाग्ने छैन, बाइ बाइ सरकार 
किनभने 
यहाँ राम्रो काम गर्नेलाई कहाँ ठाउँ छ
नपत्याए हेर्नुस् न  
तपाई हामी जस्तो कवि कलाकारलाई 
जेलमा कोचेर
मानसम्मानको कत्रो भाउ छ ।   
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x