साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपथ्य 

Nepal Telecom ad

 height=राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । {{read_more}} बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरूको बासनाले रसाएर आयो ।
‘बाजे ! के खाने ?’

भोकले अम्लपित्त बल्झएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरूमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी‘ !’
दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।

‘बाजे के ल्याम तपाईंलाई ?’
बूढाले खोक्तै जबाफ दिए– ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ‘ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x