साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद

Nepal Telecom ad

 height=सुन्नु भो !
त्यहिं जाइन्छ
जहाँ पद पाइन्छ । {{read_more}}

पदको लागि जोसँग नि मित लाइन्छ
पदको लागि जोसँग नि बसेर खाइन्छ
जस्तोसुकै गीत गाइन्छ
जुनसुकै ठाउँमा नि धाइन्छ
फगत पद चाहिन्छ
सुन्नु भो !
त्यहिँ जाइन्छ
जहाँ पद पाइन्छ ।

पद भयो भने
सुकेको भुँडी पनि फुक्न सक्छ
मै हुँ भन्ने ढुँडी पनि झुक्न सक्छ
बजारमा हजारमा चिनिन सक्छ
लाखमा करोडमा किनिन सक्छ
मलैमालाले पुरिइन्छ
माओली ससुराली जेठान सालाले धुरिइन्छ
जहाँ मञ्च माला र माइकको साइन छ
सुन्नु भो !
त्यहिँ जाइन्छ
जहाँ पद पाइन्छ ।

पदको लागि को के गर्दैन ?
आफ्नु औकातदेखि झर्न पनि पछि पर्दैन
भित्रभित्रै गठजोडी गर्दै हिन्छ
बाहिरबाहिर पदको लोभी हैन भनेर सफाइ दिन्छ
बिहानबिहान पदेश्वरमा भाकल गर्छ
जैलेजैले अबसरको मल्खु भर्छ
गुटदेखि झुटसम्म
दावादेखि हावासम्म
पदकै आशा बोक्दै हिँड्छ
बलियाको शरण पर्छ
कमजोरलाई ठोक्दै हिन्छ
सक्नेलाई खुस्काउँछ
नसक्नेलाई ठुस्काउँछ
जताततै पदलोलुपताको लाइन छ
सुन्नु भो ?
त्यहिँ जाइन्छ
जहाँ पद पाइन्छ ।

पद नपाउन्जेल
पत्रकार सामु रोइन्छ
खुब राष्ट्रबादी होइन्छ
जताततै भ्रष्टाचार देखिन्छ
स्वर्णिम आदर्शका कुरा लेखिन्छ
बहालवाला खराब छ भनिन्छ
खन्न सक्नेसम्म खाल्डो खनिन्छ ।

थाहा छ पद किन चाहिन्छ ?
पद पाएपछि त जथाभावी चर्न पाइन्छ
मनग्ये गोजी भर्न पाइन्छ
हिजो पनि पदैले हो लाउडा खायो
चेज एयरको झण्डा समायो
करोडौंको बाख्रामा रमायो
सरकारी टारमा आसन जमायो
सत्तरी करोडको कुरा आयो
होली सुराले चर्चा पायो
आफू पनि त्यहि सूत्र समाइन्छ
सुन्नु भो त्यहि जाइन्छ
जहाँ पद पाइन्छ ।

हेर हेर हेर पद नपाउँनेहरु
कस्तरी रोइरहेछन्
राष्ट्रवादी आँशुले
टेलीभिजनको पर्दा धोइरहेछन्
राजनीति विश्लेषणको ढ्वाङ् बजाइरहेछन्
कथित विद्वताको टाई सजाइरहेछन्
कहिले रत्नपार्कमा कराउँछन्
कहिले दिल्लीतिर हराउँछन्
काठमाण्डौंमा सँधै डेरा जमाउँछन्
विदेशी महामहिमको गोडा समाउँछन्
बेलाबेला चर्चा छर्छन्
साँच्चै जनताको नेता हुँ झै गर्छन्
कहिले अघि कहिले पछि सर्छन्
हिजो पनि त तिनले खाए
राष्ट्र ढिकुटीमा बुट बजाए
आज अर्को पालो आयो
अर्कैले नै पद समायो
पद नपाउँने बहुलायो ।

आफू पनि त्यतै जाइन्छ
जो त्यहिसंग मित लाइन्छ
जहाँ पद पाइन्छ ।

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x