साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो नेताको भाषण

ए ! को हो त्यो ? मलाई एता तेता भन्ने, कुर्सी छोडीहाल बूढो नेता भन्ने ?

Nepal Telecom ad

 

 height=ए ! को हो त्यो ?
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
कति गरेर यो पद पा\’को छ
कति झ्याउरेसंग मित ला\’को छ
कैले ढिंडो खा\’को छ
कैले रोटो खा\’को छ
कति पल्ट जेल गा\’को छ
कस्ताकस्ता झुप्रामा रात बिताको छ
ए ! को हो त्यो
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
बूढो भएँ त के भो ?
मूढो त भएको छैन
आँतभरि तागत अझै छ
एक्का छक्काको आश गर्ने लुँडो त भएको छैन
कुर्सीबाट ओर्लिएर
के कुँडो पकाएर बसौं ?
कि बाख्राको कमिसन खान
घुँडो दबाएर बसौं ?
हैन ! मलाई सँधै कुर्सी चाहिन्छ
बूढो भन्न कहाँ पाइन्छ ?
ए ! को हो त्यो ?
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
याद गर
तिम्रो पनि उमेर बढ्दैछ
कन्सिरीको कुनाबाट सेतो चढ्दैछ
हेरौंला कसरी बाटो छोड्दारैछौ
पद पावरबाट आँखा मोड्दारैछौ
हाम्रै छायाँमा तिमी खेती गर्दैछौ
हाम्रै मायामा पसारो पर्दैछौ
कसरी जाग्दो रहर तोड्दारैछौ
अरुबेला बुरुक्क उफ्रे पनि
अन्तिममा बूढो हड्डी नै चाहिन्छ
त्यसैले त
बूढो भन्न कहाँ पाइन्छ ?
ए ! को हो त्यो ?
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
बूढो हुँदा त कुर्सी चाहिन्छ
तिमी तन्नेरी छौ
तिमीलाई त मूढो भए पनि हुन्छ
तिमीहरु जस्तो अल्लरे होइन
अनावश्यक बहकिने झल्लरे होइन
इमोसनमा रात बिताउँने
हतारमा निर्णय गर्ने
फूर्सतमा पछुताउँने
म बहर होइन अनावश्यक रहरमा कुद्ने
ठहर नगरिकन तोरीबारी खुँद्ने
हरेक रङ्गमा तरङ्गमा म नै चाहिन्छ
त्यसैले त
बूढो भन्न कहाँ पाइन्छ ?
ए ! को हो त्यो ?
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
हामीलाई बूढो बूढो भन्छन्
युवाले चैं के लछारेका छन् ?
हामीले सुरु गरेकै संस्कार र प्रवृत्ति सारेका छन्
हाम्रै बिरासतमा फुल पारेका छन्
ए ! तिम्ले विश्वविद्यालयको सिसा फोर्दा
सडकको पर्खालमा नानाभाँती कोर्दा
कस्ले सफा गर्यो ?
आखिरी त हामी नै चाहिन्छ
बूढो भन्न कहाँ पाइन्छ
ए !को हो त्यो ?
मलाई एता तेता भन्ने
कुर्सी छोडीहाल बूढो नेता भन्ने ?
गाैरादह, झापा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x